जेष्ठ २२, २०८२ बुधबार

एक सय थान नक्कली नोटसहित काँकरभिट्टाबाट एक पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नक्कली नोटसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
आइतवार प्रहरीले तेह्रथुम ओयाक्जुङ गाउँपालिका वडा नं. ५ (नेलई) बस्ने २८ वर्षीय गणेश भारती पक्राउ गरेको हो । नेपाल बैंक अगाडि शंकास्पद हिडडुल गरिरहेको अबस्थामा प्रहरीले चेकजाँच गर्दा एक सय थान नक्कली एक हजारका नोट बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १ हजार रुपैयाँ जस्तो देखिने बुङलाई रवरले बाँधेको अवस्थामा फेला पारिएको थियो । नोट नम्बर ञ.३१, ८६६५७९ उल्लेख भएको जम्मा ४२ थान, नोट नम्बर ज.१२, ०८३५७९ उल्लेख भएको ५६ थान र नोट नम्बर झ.७६.२३८८२६ उल्लेख भएको जम्मा २ थान गरी जम्मा १०० थान नक्कली नोट प्रहरीले फेला पारेको हो ।

उक्त नक्कली मुद्रा र मानिस नियन्त्रणमा लिई मुलुकी फौजदारीसंहिता २०७४ अन्तरगत खोटाचलन कसुरमा अनुसन्धान गर्न आज झापा जिल्ला अदालतबाट दिन ५ दिनको म्याद थप गरिएको झापा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २०, २०८२ सोमबार  ५ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]