जेष्ठ २३, २०८२ बिहीबार

तथ्यमा रहेर समाचार लेख्न नगर प्रमुख सुवदीको आग्रह

गौरादह । गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपनि सुवेदीले तथ्यमा रहेर समाचार लेख्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहयोगमा मंगलबार ‘स्थानीय विकासमा सञ्चारमाध्यम को भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सुवेदीले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा नगर उपप्रमुख जलवर्षा राजवंशीले पत्रकार र स्थानीय सरकारको सम्बन्ध नङ र मासुको जस्तो भएकाले स्थानीय तहले गरेका कामको संचार माध्यमले जनतासम्म पुर्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेलले स्थानीय तहले स्थानीय संचार माध्यमको विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपाल कोशी प्रदेश अध्यक्ष सुमन पुरी, उपाध्यक्ष युवराज विवश, महासचिव बाबुराम भण्डारी ,केन्द्रीय सदस्य मिना विक, निवर्तमान अध्यक्ष एवम् जिल्ला इञ्चार्ज मनकुमार गदाल लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रम स्थानीय विकास विज्ञ मोहन तिम्सिना र सप्तकोसी एफएमका समाचार प्रमुख लिलाराज भट्टराईले सहजीकरण गर्नुभएको थियोे ।

प्रेस चौतारी झापाका उपाध्यक्ष राजु पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव युवराज आचार्यले गर्नुभएको थियोे भने स्वागत कोषाध्यक्ष सरोज भट्टराईले गर्नुभएको थियो ।

प्रकाशित मिति : जेष्ठ २१, २०८२ मंगलबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]