असार ४, २०८२ बुधबार

आइपीएल बिजेता बैंग्लरूले २० करोड लैजादाँ अरूले कति पाए रकम ?

काठमाडौं, २१ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा नयाँ च्याम्पियन बनेको छ । रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै १८ औं सिजनको उपाधि जितेको हो ।

आरसीबीले पहिलो पटक आईपीएलको उपाधि जितेको भएपनि पञ्जाबको ट्रफी जित्ने धेरैको अपेक्षा थियो तर नतिजा उल्टो भयो ।

उपाधि जिते पछि आरसीबीले २० करोडको विजेता ट्रफीसहितको पुरस्कार पाएको छ भने जबकी उपविजेता पञ्जाव किंग्सले  १२.५ करोडमा सन्तुष्ट हुन बिबश भयो ।

तेस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सले ७ करोड र चौथो स्थानमा रहेको गुजरात टाइटन्सले ६ करोड ५० लाख रुपैयाँ प्राप्त गरेको छ ।

अरूण जेटली स्टेडियमले पिच एन्ड ग्राउन्ड अवार्डमार्फत ५० लाख पाउँदा प्लेअर अफ दि टुर्नामेन्ट सुर्यकुमार यादव भए, उनले १५ लाख पाए ।

सिजनमा सर्वाधिक ७५९ रन बनाउने गुजरातका साई सुदर्शनले ओरेन्ज क्यापसहित १० लाख रूपैयाँ पाए भने सर्वाधिक २५ विकेट लिने प्रसिद्ध कृष्णले पर्पल क्यापसहित १० लाख रूपैयाँ पाए । १४ वर्षीय वैभव सूर्यवंशी सिजनको सुपर स्ट्राइकर चुनिए ।

गुजरातका ओपनर साई सुदर्शनले अधिकतम व्यक्तिगत अवार्ड पाए । ओरेन्ज क्याप बाहेक उनले अल्टिमेट फ्यान्टेसी प्लेयर अफ द सिजन, इमर्जिङ प्लेयर अफ द सिजन र मोस्ट बाउन्ड्री (चौका) को अवार्ड पनि पाए।

सबैभन्दा बढी चौका हान्ने मुम्बईका सूर्यकुमार यादव प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेयर बने भने सबैभन्दा बढी छक्का हान्ने निकोलस पुरन, ग्रिन डाट बाल मोहम्मद सिराज र कैच अफ दी सिजन कमिंदु मेंडिसले पाए । सबैले १०–१० लाख रकमसमेत प्राप्त गरे ।

 

प्रकाशित मिति : जेष्ठ २२, २०८२ बुधबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]