जेष्ठ २४, २०८२ शुक्रबार

सवारी दुर्घटनामा एक जनाको मृत्यु

भद्रपुर – दमक–७ पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ यात्रुबाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दमकबाट केर्खातर्फ जाँदै गरेको मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र ०१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मिलन थापा गम्भीर घाइते भएका थिए । उपचारका लागि आर्य न्यूरो अस्पताल विराटनगर लगिएकामा निजको उपचारका क्रममा मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

दुर्घटनापछि बस चालक झापाको गौरादह–४ बस्ने सरकार टुडु र दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : जेष्ठ २३, २०८२ बिहीबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]