जेष्ठ २४, २०८२ शुक्रबार

बिरुवा रोपेर झापामा विश्व वातावरण दिवस मनाइयो

भद्रपुर  – ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण : हाम्रो दायित्व’ नाराका साथ झापामा सडक किनारमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाइएको छ ।

डिभिजन वन कार्यालयको आयोजना र भद्रपुर नगरपालिकाको संयोजनमा चन्द्रगढी–चारआली सडकअन्तर्गत पोकापाडा क्षेत्रमा बिरुवा रोपिएको हो ।

सडक किनारमा मधुकामिनी, गुलमोहर, जाडुल, राजवृक्ष र कल्कीलगायत बोटका बिरुवा रोपिएका प्रमुख डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताउनुभयो ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले प्लाष्टिकजन्य सामग्री नियन्त्रणको प्रयासमा पालिका रहेको दोहो¥याउँदै फोहर फैलाउने प्लाष्टिकजन्य वस्तुको प्रयोग रोक्न अब निर्ममतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : जेष्ठ २३, २०८२ बिहीबार  ११ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]