जेष्ठ २४, २०८२ शुक्रबार

अर्जुनधाराको बाघेडाँगीमा नाङ्गो तारले स्थानीय जोखिममा

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ स्थित बाघेडाँगीमा बिजुलीको नाङ्गो तार रुख– बिरुवालाई छुने गरी तल लत्रिएपछि जोखिम भएको छ । विजुलीका तारहरु अव्यवस्थित भएको कारण जोखिम बढेको स्थानीय बासिन्दाहरुले चिन्ता व्यक्त गरेका छन् ।

एक वर्षअघि नै बिजुलीको पोलमा रहेको तार तल लत्रेपछि विधुत प्राविधिकरण कार्यालय शनिश्चरे शाखालाई लिखित निवेदनसहित जानकारी गराउँदा माग सुनवाई नभएको स्थानीय बासिन्दाले गुनासो छ । स्थानीय कृषक धनबहादुर पौडेलले गुनासो व्यक्त गर्दै भन्छन्, ‘मैले बिजुली अफिसका हाकिमलाई चिनेको छु । तार लत्रेको हामीले देखेपछि गत वर्ष तार व्यवस्थापनका लागि कार्यालयमा निवेदन पेश गरेका थियौं । तर कार्यालयले हाम्रो निवेदनको सुनवाई गरेन, आनाकानी मै वर्ष दिन बित्यो ।’ माग सुनवाई नभएपछि पुनः जेठ १५ गते यसै विषयमा कार्यालय प्रमुख समक्ष निवेदन दिइसकेको स्थानीय खड्ग बहादुर खत्री र पौडेलले जानकारी दिए ।

करेन्ट लागेर मानवीय क्षति भएमा विधुत कार्यालयले जिम्मेवारी लिनुपर्ने उनीहरुको दावी छ । यदि कुनै दुर्घटना भएमा त्यसको क्षतिपूर्ण बिजुली अफिसले लिनुपर्ने चेतावनी दिए । उनीहरूले चाडै निवेदनको सुनवाई गरिनुपर्छ भन्दै जोडदार माग गरेका छन् ।

सोही विषयमा समाजसेवी केदारनाथ पराजुलीले गाउँको समस्या मध्यनजर गर्दै उनी बिजुली अफिसमा गई दुई स्थान रहेको पोलको नाङ्गो तार लत्रिएर जोखिम अवस्थामा रहेको मौखिक जानकारी गराएपछि १-२ दिन भित्रमा प्राविधिकहरु पठाएर तार बनाइने आश्वासन पाएको बताए ।

प्रकाशित मिति : जेष्ठ २३, २०८२ बिहीबार  ३ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]