जेष्ठ २४, २०८२ शुक्रबार

शिवसताक्षीमा सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक

शिवसताक्षी । झापाको शिवसताक्षीमा सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोग लगाइएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै धुम्रपान तथा सुर्ती जन्य पदार्थले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने र हानिकारक भएकाले त्यस्ता पदार्थहरु विक्री वितरणमा रोक लगाएको जनाएको छ ।

नगरले शिक्षण संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय र सार्वजनिक स्थलहरुको सय मिटर भित्र सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाएको सूचनामा उल्लेख छ । १८ वर्ष मुनीका व्यक्ति, गर्भवती महिलाले सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न वा सेवन गर्न प्रतिबन्ध लगाइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

हाल शिवसताक्षी नगरभित्रका शैक्षिक संस्था भएका क्षेत्रहरुमा सुर्तीजन्य पदार्थ विक्री गर्दै आइरहेको भए तुरुन्त हटाउन समेत सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ २३, २०८२ बिहीबार  ८ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]