जेष्ठ २४, २०८२ शुक्रबार

आजदेखि भद्रपुरमा ‘दोस्रो नगर युवा सम्मेलन’

भद्रपुर – ‘युवाहरूको सशक्तीकरण स् जलवायु कार्य नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो’ भन्ने नाराका साथ आजदेखि भद्रपुरमा दोस्रो नगर युवा सम्मेलन हुन लागेको छ ।

भद्रपुर नगरपालिका, नगर युवा परिषद्को आयोजनामा दुई दिनसम्म चल्ने सम्मेलनमा नगरभित्रका १६ देखि २४ वर्ष उमेर समूहका दुई सय २० जना युवा सहभागी हुने नगरप्रमुख गणेश पोखरेलले बताउनुभयो । सम्मेलनमा युवाहरूको नेतृत्व विकास, परिचालन, सशक्तीकरण र स्थानीय विकासमा सहभागिताका लागि युवाहरूमा सकारत्मक उत्प्रेरणा मिल्ने नगरप्रमुख पोखरेलले विश्वास व्यक्त गर्नुभयो ।

साथै विश्वव्यापी जलवायु प्रभाव, स्थानीय विकासमा युवा सहभागिता र युवा अभियानबारे युवाहरूको परिचालनको अवगत गराई स्थानीय युवा परिचालनको अवस्थामा सुधार ल्याउन सम्मेलनले सहयोग पुर्याउने नगरप्रमुख पोखरेलले बताउनुभयो । सम्मेलनमा वैज्ञानिक, समाजिक अभियन्ता, कवि, कलाकारलगायत सम्बन्धित विषयका विज्ञहरूले प्रस्तुतीकरण गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २४, २०८२ शुक्रबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]