जेष्ठ २४, २०८२ शुक्रबार

जंगली हात्तीले एक घर र क्याम्पसको गेटमा क्षति पुर्यायो

बिर्तामोड – बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित बिर्ताबजारमा गए राति आएको जंगली हात्तीले एक घर र क्याम्पसको गेटमा क्षति पुर्याएको छ ।

जंगली हात्तीले मनिका माझीको घर र अनारमनी पब्लिक क्याम्पसको गेट भत्काएको थियो । आज बिहान नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडाअध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ३ का वडासदस्य हरि बाँस्कोटा लगायतले अनुगमन गर्नु भएको छ ।

प्रकाशित मिति : जेष्ठ २४, २०८२ शुक्रबार  ९ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]