दिपेन्द्र आधारभूत विधालयमा शैक्षिक सामग्री वितरण
दमक । झापाको शिवसताक्षी– १० को टेक्रामा अवस्थित दिपेन्द्र आधारभूत विधालयका विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
विधालयमा अध्ययनरत १० जना विधार्थीलाई अंग्रेजी माध्यमको पाठ्यपुस्तक एक–एक सेट ताप्लेजुङ मिक्वा घर भई हाल दमक बस्ने विवश लिवाङको आर्थिक सहयोगमा वितरण गरिएको थियो । लिवाङले २० हजार मुल्य बढीको शैक्षिक सामग्री वितरण गरेको विधालयको सहायक प्रधानाध्यापक भूमिका अधिकारीले जानकारी दिनुभयो । अधिकारीले आफनो जन्मदिन लगायतका उत्सवका अवसरमा विधालयका विधार्थीलाई सहयोग गरी उनीहरुलाई थप शिक्षा आर्जनमा हौसला प्रदान गर्न आग्रह गर्नुभएको छ ।
विधालयका प्रधानाध्यापक महेन्द्र कुमार खड्काको अध्यक्षतामा आज भएको कार्यक्रममा मनकारी सहयोगीहरुको सहयोगले विधार्थीहरुलाई पढाईमा प्रेरणा मिल्ने विधालय ब्यवस्थापन समितिका अध्यक्ष कुमार सिंह साँवाले बताउनु भयो ।
दिपेन्द्र विधालयमा दैनिक ज्याला मजुदरी गर्ने अभिभावकको छोराछोरी पढ्दै आएका छन् । विधालयमा धेरै समस्या रहेकोले विवश लिवाङले दिनुभएको सहयोग पनि हाम्रो लागि ठूलो भएको कार्यक्रमको संयोजन गर्नु हुने शिक्षक सुशिल पोमुले बताउनुभयो ।