इप्रका अनारमनीमा एसपीको निरीक्षण, आर्थिक प्रलोभन नपरी काम गर्न निर्देशन
बिर्तामोड । झापाका प्रहरी उपरीक्षक राजन लिम्बूले आज इलाका प्रहरी कार्यालय अनारमनीको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा नपरी शुन्य सहनशिलतामा रहेर व्यवसायिक प्रहरीको भुमिका निर्वाह गर्न निर्देशन दिए ।
प्रहरी उपरीक्षक लिम्बूले हिरासत कक्ष तथा सीसीटीभीको व्यवस्थापन, कार्यालयको सरसफाई, शाखाहरु लगायतको निरीक्षण गरेका थिए । इप्रका परिसरमा बृक्षरोपण गरी प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण, व्यवहारमा सुधार ल्याई अनुशासित तवरले पदीय जिम्मेवारी अनुसार संगठनको हितमा लागि पर्न सूझाव दिए ।
उनले प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजान तथा आ–आफ्नो जिम्मेवार एरिया इलाकाहरुमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा एवंम अपराध नियन्त्रणमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिए ।