जेष्ठ २६, २०८२ आईतबार

अनेरास्ववियुको २४औं महाधिवेशन आजबाट

काठमाडौं, २५ जेठ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आजबाट सुरू हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा हुनेछ ।

तीन दिनसम्म चल्ने महाधिवेशनको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, चार सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

३२ वर्षे उमेरहदका कारण वर्तमान १७ सदस्यीय पदाधिकारीमध्ये अधिकांश बिदा हुनेछन् । सचिव पदमा रहेका प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भट्टराई लगायत ३२ वर्षमुनिका छन् । अध्यक्षका लागि पाँचै जनाले आकांक्षा राखेका छन् ।

महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्ने अनेरास्ववियुका नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : जेष्ठ २६, २०८२ आईतबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]