जेष्ठ २७, २०८२ सोमबार

बाह्रदशी गाउँपालिकाले १९३६ परिवारको गर्यो स्वास्थ्य बीमा

नेत्रविक्रम बिमली

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकाले आफ्ना वडाभरिका १९३६ परिवारलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याएको छ । आर्थिक वर्ष २०८१-०८२ को बजेटमार्फत अति विपन्न, अपाङ्ग, सन्थाल र मुस्लिम समुदायलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको हो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाका अनुसार, १९३६ परिवारका ९ हजार ६ सय ८० जना नागरिक यो कार्यक्रममार्फत आवद्ध भएका छन्। कार्यक्रम कार्यान्वयनका लागि पालिकाले करिब ६७ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ ।

वडागत रूपमा हेर्दा वडा नं १ मा १३५ परिवार, वडा नं २ मा ४५७ परिवार, वडा नं ३ मा ३४६ परिवार, वडा नं ४ मा १७० परिवार, वडा नं ५ मा ३५० परिवार, वडा नं ६ मा २६५ परिवार र वडा नं ७ मा २१३ परिवारलाई स्वास्थ्य बीमा गराइएको छ ।

स्थानीय तहबाट सञ्चालित यो कार्यक्रमले विशेषगरी आर्थिक रूपले कमजोर समुदायको स्वास्थ्य सुरक्षामा टेवा पु¥याएको छ । गाउँपालिकाको यो प्रयासले सामाजिक न्याय, समावेशिता र आधारभूत सेवाको पहुँच विस्तारमा उदाहरणीय भूमिका खेलेको भन्दै स्थानीय स्तरमा प्रशंसा समेत भइरहेको छ ।

प्रकाशित मिति : जेष्ठ २७, २०८२ सोमबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]