प्रविधिले बदलियो शिवसताक्षीको शिक्षण सिकाई
मन कुमार गदाल
उवेला चक डस्टर र ब्याल्क बोर्डको सहायतले पढाउने शिक्षकहरु अहिले विधालयमा रहेको इन्टरएक्टिभ प्यानल बोर्ड मार्फत विधार्थीलाई पढाइ रहेका छन् । इन्टरएक्टिभ प्यानल बोर्ड प्रयोग गरेर पढाई रहेको दृश्य हो–झापाको शिवसताक्षी– १० आँपटारीको बाल निकुञ्ज माध्यमिक विधालयको । बाल निकुञ्जको कक्षा १० को सेक्सन ‘ए’ मा रिपोटिङ्गको लागि पुग्दा शिक्षक नारायण भट्टराईले डिजिटल सामग्रीबाट नेपाली विषय पढाई रहनु भएको थियो ।
त्यसको केहीबेरमा हिजोको दिनमा चक डस्टरको प्रयोग गरेर पढाएको र अहिले इन्टरएक्टिभ प्यानल बोर्ड मार्फत पढाउदाको फरक के पाउनु भयो भनेर सोध्दा मलाई त मारर्कले लेखेर र पढाएको मात्र थाहा भएको कक्षा १० सेक्सन ‘ए’ का छात्रा श्रेया पौडेलले बताउनु भयो । डिजिटल सामग्री उपयोग गरेर गुरु बा, गुरुआमाले पढाउदा विषय बस्तु बुझ्न सजिलो भएको, किताब मात्रै नभएर बाहिरी ज्ञान प्राप्त भएको विधार्थी पौडेलले बताउनु भयो ।
यसैगरी सेक्सन ‘ए’ का अर्का छात्र बिमल गौतमले सरले पढाएको विषयको मात्र नभएर धेरै विषयको ज्ञान बटुल्न सजिलो, प्रभावकारी सिकाई र प्रविधिमैत्री सीप बढ्ने बताउनु भयो । लगभग छ-सात वर्ष अघि देखि ब्लाक बोर्ड, चक डस्टर प्रयोग विस्थापित भइसकेको बाल निकुञ्जका शिक्षकहरु बताउछन् ।
डिजिटल सामग्रीबाट शिक्षण गर्दा विषयबस्तुलाई सहज ढङ्गले प्रस्तुत गर्न सकिने र विधार्थीहरुले समेत विषयबस्तुलाई ध्यान दिएर सुन्न्ने र टिपोट गर्ने हुनाले शिक्षण धेरै प्रभावकारी देखिएको शिक्षक भट्टराईले बताउनु भयो । जटिल भाषिक विषयबस्तु लगायतका कुराहरुलाई समेत खेलको माध्यमबाट शिक्षण गरी बुझाउन सजिलो भएको शिक्षक भटराईको धारण रहेको छ ।
अधिकांश बाल निकुञ्जनका शिक्षकहरुले इन्टरएक्टिभ प्यानल बोर्डमा स्लाइड मार्फत शिक्षण गरी रहेको प्रधानाध्यापक भवानी प्रसाद थापाले जानकारी दिनुभयो । सो विधालयको नर्सरी कक्षामा पुग्दा साना विद्यार्थी भाइ बहिनीहरु इन्टरएक्टिभ प्यानल बोर्डमा रहेको टिभीमा विभिन्न खाले चित्र हेरेर बसेका थिए । टिभी चित्र देखाएर पढाउदा अंक अक्षर छिटो चिन्ने र सजिलै बुझ्ने गरेको नर्सरी, एल केजी र युके जीलाई पढाउदै आउनु भएकी शिक्षक नविना थापाले बताउनु भयो । चित्र देखाएर पढाउँदा साना नानी बाबुहरुले रमाइलो मान्दै टिभी हेर्न पाइने भएपछि एउटा पाठ, गृह कार्य गरेपछि टिभी हेर्ने भन्दै लोभिएर पढाईमा ध्यान दिने गरेको उनै शिक्षक थापाले बताउनु भयो ।
विद्यालयमा स्मार्ट टिभी १६ थान, इन्टरएक्टिभ प्यानल बोर्ड ४ थान, ल्यापटपहरु रहेको छन् । फाइबरको फर्निचर, विद्यालयमा बिद्यार्थी ओसार पोसार गर्ने दुई थान बस रहेको विधालयका सहायक प्रधानाध्यापक विष्णु प्रसाद खतिवडाले बताउनु भयो । नर्सरी देखि कक्षा– ३ सम्म नेपाली र अंग्रेजी माध्यमबाट साथै कक्षा ४ देखि १२ सम्म अंग्रेजी माध्यमबाट शिक्षण सिकाई हुने गरेको छ । बाल निकुञ्ज विधालयका सबै शिक्षकहरु परीक्षाको प्रश्न पत्र आफै टाइप गरी तयार गर्ने, ल्यापटप मार्फत धेरै शिक्षकहरुले अध्यापन गर्ने गरेको खतिवडाले बताउनु भयो ।
कक्षा कोठामा सिसी क्यामेराको निगरानी रहेको छ । नगरपालिकाको आर्थिक वर्ष ०७९-०८० बाट स्मार्ट स्कुल शिर्षकको कार्यक्रम मार्फत प्रविधि मैत्री कार्यक्रम शुरु भएको विधालयले जनाएको छ । विधालयमा पठनपाठन प्रविधिमा केन्द्रित भएकाले विधालय समयमा विधुत अवरुद्ध भयो, इन्टरनेटमा प्राविधिक समस्या आई प¥यो भने पढाइ नचल्ने पनि सहायक प्र्रधानाध्यापक खतिवडाले बताउनु भयो ।
पहिला भन्दा अहिले विधालयको भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर वृद्धि भए पनि पूर्ण भन्ने नभएको शिक्षकहरुको भनाई रहेको छ । केही –केही शिक्षकहरु बाहेकका अरु शिक्षक प्रविधि मैत्री हुनु, विधालय प्रति स्थानीय समुदाय सहयोगी बन्नु र विधालयप्रति शिक्षकहरुको सामुहिक एकता नै प्रगति तर्फको संकेत भएको प्रधानाध्यापक थापाले बताउनु भयो ।
पूर्व पश्चिम राजमार्ग (एसियन हाइवे) सँगै झापाको शिवसताक्षी– ११ मा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विधालयले शिवसक्षाती भित्रका सामुदायिक विधालय बीच एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएर छुटै पहिचान कायम गरेको छ ।
राष्ट्रिय रमणीय माविले पढाई मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि राम्रो स्थान कायम गरी अब्बल विधालय सावित गरेको विधालयका शिक्षकहरुले जनाएका छन् । शैक्षिक सत्र ०७८ देखि ०८० सम्मको शैक्षिक सत्रको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएको विधालयले जनाएको छ । शैक्षिक सत्र ०७८ को एसईई परीक्षामा ८५ जना विधार्थी सहभागी भए मध्ये ७३ जना विधार्थी उत्र्तिण भएका छन् । यो ८५ दशमलव ८८ प्रतिशत नतिजा रहेको राष्ट्रिय रमणीय आदर्शका प्रधानाध्पायक गिरिराज शेर्माले जानकारी दिनु भयो ।
यसैगरी शैक्षिक सत्र ०७९ मा शिवसताक्षीका सामुदायिक विधालय मात्रै नभएर निजी विधालयहरु मध्ये एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल भएको विधालयका कर्मचारी छविलाल दवाडीले जानकारी दिनुभयो । विधालयको अभिलेख अनुसार शैक्षिक सत्र ०७९ मा ९५ जना विधार्थी परीक्षामा सामेल भए पनि ९० जना उत्र्तिण भएका छन् । प्रतिशतमा हेर्दा ८४ दशमलव ७३ प्रतिशत अंक रहेको विधालयका प्रधानाध्यापक शेर्माले बताउनु भयो । शैक्षिक सत्र ०८० मा भएको एसईई परीक्षामा ९४ जना सहभागी भए पनि ६१ जनाले उत्तिर्ण गरेका छन् ।
त्यसलाई प्रतिशतमा हेर्दा ६२ दशमलव ७६ प्रतिशतले परीक्षा उत्तिर्ण गरेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विधालयका कर्मचारी दवाडीले बताउनु भयो । तपाईको विधालयले उत्कृष्ट नतिजा ल्याउन कसरी सम्भव भयो भन्ने प्रश्नमा प्रविधि,शिक्षकहरुको सामुहिक प्रयास,प्रविधि मैत्री शिक्षण,विषयगत शिक्षकहरुको लगनशीलता,अग्रेजी माध्यममा पढाई,संघीय सरकार, प्रदेश र स्थानीय सरकारको सहयोग र सिसी क्यामेराको निगरानी आदि कुराले सम्भव भएको प्रधानाध्यापक शेर्माको बुझाई छ ।
नेपाल रेडक्रस सोसाइटी शिवसताक्षी उपशाखाले गत जेठमा भएको रेडक्रसको विषयमा आयोजना गरेको रेडक्रस संवादमा उत्कृष्ट स्थान हासिल गरेको थियो । ०८१ माघ १७ गतृे खेवाङ काठमाण्डौं हातेमालो समाजले आयोजना गरेको कार्यक्रममा विधालयका तर्फबाट सहभागी कक्षा १२ का विधार्थीहरु निर्मल पराजुली र प्र्रभा राईले उत्कृष्ट भएर जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको विधालयका कर्मचारी दवाडीले जानकारी दिनुभयो ।
नर्सरी देखि कक्षा १० सम्मका ३४ कोठा छन् । त्यसमध्ये २८ कोठामा सिसी क्यामेरा जडान भएको छ । विधालयमा सिसी क्यामेरा छन् भन्ने सबैलाई जानकारी नै भएको विषय हो । उनीहरुलाई सिसी क्यामेराले निगरानी गरी रहेको हँुदा कुनै अप्रिय घटना हुने अवस्था नभएको प्रधानाध्यापक शेर्माले बताउनु भयो ।
इलोक्टोनिक्स हाजिरीको उपयोगिताको विषयमा जिज्ञासा राख्दा हिजो कुन शिक्षक आएकी आएन भनेर हाजिरी हेर्नुपथ्र्यो, अहिले प्रविधिले उसको कामको निगरानी गर्छ उहाँले भन्नुभयो । केही दिनको बिदा आवश्यक परे शिक्षकहरुले प्रविधिकको प्रयोग गरेर माग गरेको बिदा प्रधानाध्यापकले पनि प्रविधि मार्फत स्वीकृत गरिन्छ । प्रधानाध्यापकले भने बिदा माग गर्दा नगरपालिकाको शिक्षा शाखा प्रमुखसँग प्रविधिको उपयोग गरी विदा लिने गरेको शेर्माको भनाई छ ।
बिधालयमा कक्षा ११ र १२ विज्ञान विषय पढाउन आवश्यक सुविधा सम्पन्न भवन, विज्ञान प्रयोगशाला सञ्चालन, प्रशिक्षकको लागि शैक्षिक अनुदान, संघीय र प्रदेश लगायतका सरकारबाट सहयोग पाएमा सूचना तथा प्रविधिको अहिलेको युगमा एक कदम अघि बढ्न सकिने विधालयको योजना रहेको प्रधानाध्यापक शेर्माको भनाई छ ।
शिवसताक्षी नगरपालिकाले २ वर्ष अघि देखि सबै विधालयमा इलोक्ट्रोनिक हाजिरी प्रयोग भइरहेको शिक्षा शाखाले जनाएको छ । झापाको कन्काई नगरपालिका ४ नम्वर वडाले वरीपरी घेरेको केही चोसो भूभाग टेक्रा भन्ने ठाउँमा अवस्थित शिवसाताक्षी– १० को सानो बस्तीमा छ, विधालय दिपेन्द्र आधारभूत विधालय । कच्ची बाटो, धेरै टिनको छानो र खरको छानो भएको सानो गाउँ भित्र रहेको पुरानो विधालयमा पढ्छन्, अधिकांश ज्याला मजदुरी गरी खाने विपन्नका बालबालिकाहरु । दिपेन्द्र आधारभूत विधालयको प्रधानाध्यापक महेश कुमार खड्काले विपन्नका छोराछोरीहरु उक्त विद्यालयमा पढिरहेको जानकारी दिए ।
भौगोलिक,आर्थिक अवस्थाको कारण पनि पिछडी परेको छ सानो टेक्रा गाउँ । नर्सरी देखि कक्षा ८ सम्म पढाई हुने यस दिपेन्द्र विधालयमा १ सय८७ जना विधार्थी अध्ययन गरी रहेको विधालयले जनाएको छ । तामाङ,लिम्वू,ब्राम्हण,क्षेत्री लगायतका समुदायका विधार्थी पढी रहेको विधालयको विवरणमा उल्लेख छ ।
कतिपय समयमा विधार्थीसँग लेख्ने कापीको अभाव हुने, कम्प्युटर विषयको पढाइ भए पनि सबै विधार्थीलाई पप्र्यात अभ्यास गर्न गराउने कम्प्युटरको अभाव रहेको, गर्मीको समयमा सिलिङ फेन, सिलिङ बनाउनु पर्ने, प्राथमिक तहको शिक्षकले निमावि तहमा पढाउनु परी रहेको अवस्था, दरबन्दीको कमी र फर्निचरको अभाव जस्ता समस्या रहेको निमित्त प्रधानाध्यापक भूमिका अधिकारीले गुनासो पोख्नु भयो ।
सतासीधाम जेसीजले सौजन्य दिएको एउटा, केही विधालयका शिक्षकहरु लगायतका दाताले सहयोग दिएको कम्प्युटर हो । नगरपालिकाको नेतृत्वले बेला बखत आएर विधालयको समस्या भौतिक अवस्था हेर्नु बुझनु भएको छ । हामी गर्छौ, हुन्छ भने पनि त्यो कुरा कार्यन्वयन नभएको शिक्षक अधिकारीले भवनको जिर्ण स्थितिलाई देखाउदै भन्नु भयो ।
विधालयले विधार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत पहिलो शुक्रवार खेलकुद, दोस्रोमा साहित्य गोष्ठी, तेस्रोमा साँकृतिक कार्यक्रम र चौथोमा हाजिरी जवाफ प्रतियोगिता गरी कितावी ज्ञान भन्दा बाहिरको ज्ञान लिन सक्यो भनेर यी क्रियाकलापहरु गरेका हुन् । प्रान्जल पोखरेलको अध्यक्षतामा बाल क्लव पनि गठन गरेको छ ।
स्काउट पनि दुःखले चलिरहेको बुझिएको छ । शैक्षिक सत्र २०८१ को आधारभूतको परीक्षामा सामुदायिक विधालय तर्फ उत्कृष्ट अंक ल्याउने दिपेन्द्र आधारभूत विधालयको विधार्थी समिर थापा ३ दशमल ९४ जिपीए ल्याउने भनी नगरपालिकाको शिक्षा शाखाले उत्कृष्ट घोषण गरेको शिक्षक अधिकारीले बताउनु भयो । नृत्य तर्फको प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्न सफल भएको विधालयले जनाएको छ ।
शैक्षिक सत्र ०८१ को परीक्षाफल प्रकाशित गर्दा सामुदायिक विधालय तर्फ कक्षा ७ बाहेक अरु कक्षाका विधार्थीले सतप्रतिशत उत्तिर्ण गरेको दिपेन्द्रले जनाएको छ ।
विधालयमा हुने हरेक गतिविधि र शैक्षिक बिकासका कामका लागि अभिभावकलाई चिठी पठाउने अनि मोवाइलबाट सम्पर्क गर्दा पनि अभिभावकको न्यून उपस्थिति रहने गरेको बुझिएको छ । पछिल्ला दिनमा अभिभवकसँगको भेटमा किन विधालयमा बोलाउदा नआउनु भएको भन्दा परिवार पाल्नैको लागि दैनिक ज्याला मजदुरी गर्न जानु पर्ने बाध्यताले अभिभावकहरुको भेलामा आउन नपाएको अभिभावकलाई उद्धृत गर्दै शिक्षकहरु बताउछन् ।
शिवसताक्षी नगरपालिकाको शिक्षा शाखाले सबै सामुदायिक विधालयमा इलोक्ट्रोनिक हाजिारी या इहाजिरी मार्फत शिक्षकको शैक्षिक गतिविधिको अनुगमन,शिक्षकहरुको मासिक तलव भुक्तानी लगायतका काम गरी रहेको शिक्षा शाखा प्रमुख छविलाल ढकालले बताउनु भयो । नगर स्मार्ट विधालय स्थापना कार्यक्रम अन्तर्गत ६ वटा सामुदायिक विधालयले गतिविधि गरिरहेका छन् ।
गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा सूर्योद्धय आधारभूत विधालय शिवसताक्षी ५, बालसेवा आधारभूत विधालय वडान ७, बाल निकञ्ज माध्यमिक विधालय वडा नं.१०, राष्ट्रियरमणीय आर्दश माध्यमिक विधालय ,मञ्जु श्री आधारभूत विधालय वडा न.४ र वडा नं. ८ मा रहेको झिलझिले माध्यमिक विधालयले नगर स्मार्ट कार्यक्रम मार्फत शैक्षिक गुणस्तरका क्रियाकलाप गरेको शिक्षा शाखाको अभिलेखमा उल्लेख छ ।
शिक्षा समाजको ऐना हो । नेपालको संविधान ०७२ को अनुसुची ८ मा माध्यमिक र आधारभूत शिक्षालाई स्थानीय सरकारको एकल अधिकार रहेको बुँदा लेखिएको छ । स्थानीय सरकार ऐन २०७४ को दफा ११ उप दफा ज मा आधारभूत र माध्यमिक शिक्षाका २३ वटा अधिकारको परिधिमा रहेर स्थानीय सरकारले शिक्षा सम्वन्धी संञ्चालन, नियमनकारी कार्य र व्यवस्थापन गर्दै आएको छ ।
स्थानीय पाठयपुस्तक लेखन कार्य, कक्षा १ देखि ३ सम्मको ,विधालयमा लिम्वू भाषा पठनपाठन, स्थानीय पाठ्यक्रम (शिवसताक्षीको पहिचान ) नगर स्तरीय परीक्षा समिति मार्फत परीक्षा सञ्चालन गरी रहेको शिवसताक्षी नगरको शिक्षा शाखाको प्रमुख तथा सातौ तहका अधिकृत ढकालले बताउनु भयो ।
गत अािर्थक वर्षमा कक्षा ११ मा अध्ययनरत साढे ४ सय विधार्थीलाई, उच्च शिक्षा पढने ७३ जना विधार्थीलाई छात्रवृत्ति वितरण गरिएको ढकालले जानकारी दिनु भएको छ । विधालय कर्मचारी बाल शिक्षकलाई तालिम दिइएको छ । जसमध्ये विधालय कर्मचारी ७० जना र बाल शिक्षक ९२ जना गरी १ सय६२ जनालाई तालिम दिइएको छ ।
यो पाठ्यक्रम शिवसताक्षी नगर भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विधालयहरुमा शैक्षिक सत्र ०८२ देखि लागु हुने गरी कार्यान्यवनमा ल्याइने छ । यस पाठ्यक्रमको कार्यन्वयनवाट स्थानीय मूल्यमान्यता संरक्षण र प्रर्बधनमा सहयोग पु–याउने अपेक्षा गरिएको स्थानीय पाठ्यक्रम (शिवसताक्षीको पहिचान )पाठ्य सामाग्रीमा लिखित (प्राक्कथन)गरिएको भनाई नगर प्रमुख मेगाहाङ्घ थोप्राको रहेको उल्लेख छ ।
शिवसताक्षी नगरमा रहेका ३ विधालयमा लिम्वू भाषा पढाइ हुन्छन् । शिवसताक्षी ७ नं.वडाको बाल सेवा आधारभूत विधालय, वडा नं १० मा रहेको बाल निकुञ्जन मावि र वडा नं.९ को डुडामारीमा रहेको भगवती आधारभूत विधालयमा लिम्वू जातीको भाषा ऐच्छिक रुपमा पढाइ शिक्षा शाखा प्रमुख ढकालको भनाइ रहेको छ ।
नेपाल बहुभाषिक,बहुधार्मिक,बहुजातीय पहिचान बोकेको स्वतन्त्र मुलुक हो । त्यसैले शिवसताक्षीमा ३ धार्मिक विधालय, दुई सामुदायिक सिकाई केन्द्र र दुई सामुदायिक क्याम्पस रहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ११ मा लिखित गाउँपालिका र नगरपालिकाको काम कर्तब्य र अधिकार उपदफा (ज)(४) मा मातृभाषामा शिक्षा दिने विधालयको अनुमति, अनुगमन तथा नियमन र सोही दफाको उपदफा (ज) (१८) मा स्थानीयस्तरको शैक्षिक ज्ञान,सिप र प्रविधिको संरक्षण,प्रवद्र्धन र स्तरीकरणको ब्यवस्था गरिएको छ ।
यस कक्षागत पाठ्क्रममा शिवसताक्षी नगरको परिचय,स्थानीय ऐतिहासिक,धार्मिक,भाषिक तथा साँस्कृतिक सम्पदा,स्थानिय पेशा,व्यवसाय ,उत्पादन तथा प्रविधि ,पर्यावरण,पर्यटन,प्राकृतिक स्रोत र ब्यवस्थापन उल्लेख गरिएको छ । स्थानीय संघ संस्था तथा महत्वपूर्ण ब्यक्ति र ब्यक्तित्व, नगरका गौरव तथा पूर्वाधार विकास आयोजना, नैतिक शिक्षा तथा आयुर्वेद विषयहरु रहेको स्थानीय पाठ्यक्रममा उल्लेख छ ।
नगरका गौरवका योजनाहरु कक्षा अनुसार नगरभित्र रहेका कन्काई सिँचाई आयोजना, शिवगञ्जको कृषि बजार, कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिको चन्द्रडाँगीको चन्द्रडाँगी कृषि फारमको विषय पठाउने गरी पाठक्रममा समावेश रहेको छ । पर्यटकीय सम्भावना बोकेको शिवसताक्षीले विधालयमा अध्ययनरक्त विधार्थीहरुलाई पर्यटकीय स्थलहरुको प्रचार प्रसार एवम् संरक्षण,प्राकृतिक स्रोतहरुको महत्व एवम् फाइदा,फोहोर ब्यवस्थापन,प्रविधिहरु र विपत् ब्यवस्थापनका उपायहरु पाठ्य क्रममा समावेश गरिएको शिक्षा शाखाले जनाएको छ ।
अहिलेका बालबालिका भोलिका अभिभावक भएकाले उनीहरुमा शुरुवाती जग देखि शिष्ट बोली बचन, आदर सम्मान, सामाजिक ब्यक्तित्व, सवारी नियम, स्थानीय जडीबुटीको प्रयोग, महत्व र संरक्षण तथा नीति कथा पढाउने विषयहरु लगायतका स्थानीय क्षेत्रका विषयवस्तुहरु पाठ्यक्रममा समावेश रहेको छन् । यसले शिवसताक्षीभित्र मात्र नभएर शिवसताक्षी बाहिर पनि राम्रो सन्देश दिने जानकारहरु बताउछन् ।
शिवसताक्षी बहुमखी क्याम्पस र शिवगञ्ज बहुमुखी क्याम्पस रहेका छन् । शिवसताक्षीले आफनै माटो सुहाउदो कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम पठनपाठन गरिरहेको छ ।