जेष्ठ ३०, २०८२ बिहीबार

जनकल्याण बाल क्लबको अध्यक्षमा ज्ञानदेव राजवंशी सर्वसम्मत

बिर्तामोड । झापाको गौरीगञ्ज – १ महाभारा स्थित जनकल्याण आधारभुत विद्यालयको बाल क्लवको अध्यक्षमा ज्ञानदेव राजवंशी सर्वसम्मत भएका छन् । जनकल्याण बाल क्लब पुनर्गठनको प्रक्रियामा गत जेठ २३ गते राजवंशी अध्यक्षमा सर्वसम्मत भएका थिए ।

बाँकी पदहरुमा मंगलवार निर्वाचन गरेर छनौट गरिएको निर्वाचन समितिका संयोजक सोमनाथ काफ्लेले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा ईसा सहनी, सचिव पूजा राजवंशी , कोषाध्यक्ष पुष्पा राजवंशी, सहसचिव लखिचन यादव निर्वाचित भएका छन् । यस्तै, सदस्यहरुमा स्मारिका जैरु, प्रकृत पौडेल, रघुनन्दन महतो, विशाल महतो, विशाल झा र नविन झा निर्वाचित भएको संयोजक काफ्लेले जानकारी दिएका हुन् ।

यस्तै, जनकल्याण बाल क्लबको संरक्षकका रुपमा शिक्षक शिक्षक टेकनाथ शर्मा जमरकट्टेल चयन भएका छन् ।

प्रकाशित मिति : जेष्ठ २९, २०८२ बुधबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]