गर्मीका कारण भद्रपुरका विद्यालयहरु ३० गतेसम्मलाई बन्द
बिर्तामोड । झापाको भद्रपुर नगरपालिकाले जेठ ३० गतेसम्मलाई विद्यालयमा पठनपाठन बन्द गर्न आग्रह गरेको छ । अत्याधिक गर्मीका कारण पठनपाठन प्रभावित भइरहेको र बालबालिकाहरुको स्वास्थ्यमा असर गर्न सक्ने भन्दै पालिकाले एक सूचना जारी गर्दै विद्यालय बन्दको आव्हान गरेको हो ।
भद्रपुरका नगर प्रम्ुख गणेश पोखरेलले सो अवधिभित्र तापक्रममा गिरावट आएमा, वर्षा भएमा नियमित पठनपाठन सञ्चालन गर्न आग्रह गरेका छन् ।