असार १, २०८२ आईतबार

जेठमा जिल्ला प्रशासन झापाले उठायो ९७ लाख राजश्व

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले जेठ महिनामा विभिन्न शिर्षकबाट ९७ लाख ३४ हजार ५५० रुपैयाँ राजश्व संकलन गरेको छ ।

प्रशासन कार्यालयले सार्वजनिक गरेको मासिक विवरण अनुसार राहदानी शुल्कबाट ९४ लाख ९१ हजार रुपैयाँ संकलन गरेको छ । अन्य प्रशासनिक शुल्कबाट २ लाख १० हजार ५० रुपैयाँ र हातहतियार इजाजत पत्र दस्तुरबाट ३३ हजार ५ सय रुपैयाँ संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले जानकारी दिए ।

झापा जिल्ला प्रशासनले जेठ महिनामा नयाँ नागरिकता (वंशज) १९०१, बैवाहिक नागरिकता ४७, गैर आवासीय नागरिकता ५, नागरिकताको प्रतिलिपी १२८०, नावालक परिचय पत्र ७६, राहदानी आवेदन संकलन १८३४, राहदानी वितरण १५१२, राष्ट्रिय परिचय पत्र संलकन ५७१२, वितरण ४५४४ जनालाई गरिएको छ । यस्तै, विभिन्न जातजाति प्रमाणित ३८ जना र संघ संस्था दर्ता तथा नविकरण ४७ वटा गरिएको जनाइएको छ ।

प्रकाशित मिति : असार १, २०८२ आईतबार  ६ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]