बिर्तामोडमा इन्टराक्ट क्लवहरुको सेकेण्ड जोनल कन्फरेन्स
बिर्तामोड । कोशी प्रदेश स्तरीय इन्टराक्ट क्लवहरुको सेकेण्ड जोनल कन्फरेन्स सम्पन्न भएको छ । धरान, विराटनगर, दमक, सुरुङा, इटहरीका क्लवहरुबाट सहभागी २ सयभन्दा बढि सदस्यहरुले उक्त कार्यक्रममा सहभागिता जनाएका छन् ।
बिर्तामोडस्थित चिरायु रोयल रिसोर्टमा जेठ ३०–३१ गते सम्पन्न कन्फरेन्समा क्लवका सदस्यहरुलाई अगुवा रोटरियनहरुको सहभागितामा प्यानल डिस्कसन सञ्चालन गरिएको थियो । क्लवका सदस्यहरुलाई समय व्यवस्थापन, करियर डेभलपमेन्ट, व्यापार र टिनेजर्सपछि कसरी अघि बढ्ने भन्ने विषयमा प्यानलिस्टहरुले अनुभव सुनाएका थिए ।
प्यानलिस्टका रुपमा रोटरियन सुमन शर्मा जमरकट्टेल, शुभ कुमाई, कता खाने स्वेता बुढाथोकी रहेका थिए । प्यानलको सहजीकरण इन्टराक्ट क्लव अफ देवभूमिकी संस्थापक अध्यक्ष बबिता आचार्यले गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि रोटरी इ ३२९२ नेपाल–भुटानका पूर्व डिस्ट्रिक्ट गभर्नर, डीआई आर दिप्सन अधिकारी, जुनियर जेसीजका अध्यक्ष अस्मित गोसाई, जोन–२ का सचिव रितेश अग्रवालको सहभागिता रहेको थियो । क्लवका सदस्यहरुले कार्यक्रममा सांगीतिक प्रस्तुतिसँगै हाजिरी जवाफ, प्रोम नाईटमा सहभागिता जनाएका थिए ।