असार २, २०८२ सोमबार

शिवसताक्षीमा निस्सा वितरण सुरु

शिवसताक्षी । झापाको शिवसताक्षीमा धनिपुर्जा वितरणका लागि पहिलो चरणको काम निस्सा वितरण आइतवारबाट सुरु भएको छ । नगरको वडा नं. १ र २ मा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अस्थायी बसोबासीहरुलाई निस्सा वितरण गर्न सुरु गरिएको हो ।

शिवसताक्षीमा रहेका भूमिहीन नागरिकहरुलाई जग्गाधनी प्रमाण पत्र वितरणका लागि पहिलो चरण निस्सा वितरण नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताउनु भयो । उहाँले अन्य वडाहरुमा भन्दा वडा नं. १ र २ मा पहिलेदेखि नै काम भइरहेकाले निस्सा वितरण गर्न सुरु गरिएको बताउनु भयो । जग्गाधनी प्रमाणपत्र वितरणका लागि अब काम नरोकिने र क्रमशः ३ देखि ६ नम्बर वडासम्म निस्सा वितरण काम गरिने नगरप्रमुख थोप्राले बताउनुभयो । अब नगरबासीले धनीपुर्जा प्राप्त गर्न बाटो खुल्दै गएको छ । सबैलाईं आशाबादी हुन नगरप्रमुखले आग्रह गर्नु भएको छ । वडाको ११ वटै वडाहरुमा धनी पुर्जा वितरण गर्न निकै समय लाग्न सक्ला तर काम सकिएका वडाहरुमा धनीपुर्जा वितरण गर्दै जाने लक्ष्य राखिएको नगरप्रमुख थोप्राले बताउनु भयो ।

निस्सा वितरणमा उपप्रमुख नरमाया कार्कीको सहभागिता रहेको थियो । शिवसताक्षीको वडा नं. १ मा ५९ जनालाई निस्सा वितरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसमा ५८ जनालाई अव्यवस्थित बसोबासी र १ जनालाई भुमिहिन सुकुम्बासीलाई वितरण गरिएको हो । त्यस्तै वडा नं. २ मा ९४ जना अस्थायी बसोबासी र १ जनाा भुमिहीन सुकुम्बासीलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले दावी विरोधनका लागि सूचना ७ दिने र १५ दिने सुचना प्रकाशित गरेको छ । भूमिहीन सुकुम्बासी, भूमिहिन दलितका लागि ७ दिन र अव्यवस्थित बसोबासीका लागि १५ दिने सूचना निकालिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : असार २, २०८२ सोमबार  ४ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]