असार २, २०८२ सोमबार

कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा २३० जनाको सफल उपचार

नेत्रविक्रम बिमली

झापा । झापाको कनकाई नगरपालिका–कोटी होममा स्थापना गरिएको कनकाई सहारा सर्पदंश उपचार केन्द्रमा हालसम्म २३० जना सर्पदंश पीडितको सफल उपचार गरिएको छ ।

उपचार केन्द्रका अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म विषालु र अविषालु सर्पले टोकेका २३० जना बिरामीको उपचार गरिएको हो । तीमध्ये २५ जना विभिन्न प्रकारका विषालु सर्पद्वारा टोकिने बिरामी रहेका थिए भने अन्यहरू अविषालु सर्पको टोखाइबाट प्रभावित थिए ।

उक्त केन्द्रमा छिमेकी राष्ट्र भारतका समेत २० जना बिरामीको उपचार गरिएको छ, जसले यस क्षेत्रको सर्पदंश उपचारमा केन्द्रको महत्व झल्काउँछ ।

नेपाल रेडक्रस सोसाइटी, सहारा संस्था, लाइन्स क्लव तथा कनकाई नगरपालिकाको संयुक्त समन्वयमा सञ्चालन हुँदै आएको सर्पदंश उपचार केन्द्रमा हाल एकजना चिकित्सक, चारजना सर्पदंश प्राविधिक तथा दुईजना अन्य कर्मचारी कार्यरत छन् ।

उक्त केन्द्र २०७४ साल जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो । स्थापना यता झापा तथा आसपासका क्षेत्रहरूका साथै भारतबाट समेत बिरामीहरू यहाँ उपचारका लागि आउने गरेका छन् ।

प्रकाशित मिति : असार २, २०८२ सोमबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]