अवैध ३ सय केजी माछा पुरियो
काँकरभिट्टा । भारतबाट आयात गरिएको अवैध माछा प्रहरीले नष्ट गरेको छ । पशु क्वारेन्टाईन काँकरभिट्टाका प्रतिनिधिको रोहबरमा माछा पुरिएको हो ।
नकल्वन्दा प्रहरीले आज मेचीनगर नगरपालिका वडा नं. ५ बाट लुकाई छिपाई ल्याउदै गरेको ३ सय केजी माछा नियन्त्रणमा लिएको थियो । अन्दाजी १ लाख २० हजार बराबरको माछा नियन्त्रणमा लिई इप्रका काँकरभिट्टाले खाल्डो खनेर नष्ट गरिएको जनाएको छ ।