असार ६, २०८२ शुक्रबार

‘द्रोणाचार्य क्षेत्रीले व्याजको हिसाव नगरेकै कारण आन्दोलन यहाँसम्म आएको हो’

बिर्तामोड । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले द्रोणाचार्य क्षेत्रीहरुको योगदानकै जगबाट कम्युनिष्ट आन्दोलन यहाँसम्म आएको बताउनुभयो ।

प्रेस चौतारी झापाको द्रोणाचार्य क्षेत्रीको ३२ स्मृतिमा आयोजना गरेको परिचर्चा कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले कम्युनिष्ट आन्दोलनका निमित्त योगदान गर्नेहरुको भावनालाई आत्मसाथ गर्न नसके परिवर्तनको महत्वलाई बुझ्न नसकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘ द्रोणाचार्यहरुले पार्टीमा काम गरे वापत व्याजको हिसाव नगरेकै कारण आन्दोलन यहाँसम्म आएको हो ।’

जनप्रिय नेता द्रोणाचार्य क्षेत्रीको ३२ औं स्मृतिमा आयोजित ‘द्रोणाचार्य क्षेत्रीको परिचर्चा’कार्यक्रममा वरिष्ठ अधिवक्ता एवम् साहित्यकार लिला उदासी र नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य अर्जुन राईले द्रोणाचार्य क्षेत्रीको बारेमा परिचर्चा गर्नुभएको हो । वामपन्थी पत्रकार, राजनीतिज्ञ, साहित्यकार, लेखकको परिचय बनाउनु भएका क्षेत्रीको जीवनका बारेमा प्रेस चौतारीका पत्रकारहरु समक्ष परिचर्चा गरिएको हो । नयाँ पुस्तालाई द्रोणाचार्य क्षेत्रीको योगदानका बारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिनुभयो ।

सहकर्मीकै रुपमा काम गर्नु भएका वरिष्ठ अधिवक्ता उदासीले द्रोणाचार्य क्षेत्रीको योगदान ओझेलमा पर्दै गएको बताउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनको विगतलाई फर्केर हेर्दा द्रोणाचार्य क्षेत्रीको योगदानलाई भुल्न नमिल्ने धारणा राख्नुभयो । उहाँको राजनीतिक एव्म साहित्यिक योगदान ओझेलमा पर्दै गएको भन्दै उदासीले द्रोणाचार्यको उत्तराधिकारीका रुपमा कलम, विचार र आदर्श बाँकी रहेकोले कलम चलाउन आवश्यक रहेको सूझाव समेत राख्नुभयो ।

अर्का चर्चाकार अर्जुन राईले द्रोणाचार्य क्षेत्रको राजनीतिक योगदानका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले द्रोणाचार्यको अडानले राजनीतिक विजय हासिल भएको बताउनुभयो । कम्युनिष्ट आन्दोलनमा क्षेत्रीको योगदानलाई कसैले भुल्न नसकिने भन्दै पार्टी संठगनभित्र उहाँको योगदानको चर्चा हुनुले सम्मान प्रकट हुने धारणा राख्नुभयो ।
प्रेस चौतारीका कोशी प्रदेश सहइञ्चार्ज गोपाल काफ्लेले द्रोणाचार्य क्षेत्रीको परिचर्चा कार्यक्रममाथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संगठनका सहसचिव तिलक योञ्जनले गर्नुभएको थियो ।

प्रकाशित मिति : असार ६, २०८२ शुक्रबार  ७ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]