पाथीभरा इन्जिनियरिङ कलेजमा ओभरसियरको पढाई सुरु गरिने
बिर्तामोड । झापाको अर्जुनधारा – ११ मा रहेको पाथीभरा ईञ्जिनियरिङ कलेजमा अब सिटीईभिटीबाट सम्बन्धन प्राप्त तीन वर्षे ओभरसियर पढाई शुरू हुने भएको छ । शनिवार पत्रकार सम्मेलन गर्दै ओभरसियर पढाई हुने जानकारी गराइएको छ ।
ईञ्जिनियरिङ कलेजका संस्थापक अध्यक्ष युवराज प्रसाईले एसईई अध्ययनपछि ओभरसियर पढ्न पाइने जानकारी दिए । उनका अनुसार अब तत्कालै ओभरसियर अध्ययनका लागि कलेजले विद्यार्थी भर्ना सुरु गर्नेछ । स्वरोजगारमुलक प्राविधिक शिक्षा लिन चाहने बिद्यार्थीहरुलाई लक्षित गरी पाथीभरा ईञ्जीनियरिङ कलेजले सिटीईभिटीबाट सम्बन्धन प्राप्त गरेर तीन वर्षे ओभरसियर पढाई शुरू गर्न लागेको पाथीभरा ईञ्जिनियरिङ कलेजका अध्यक्ष प्रसाईको भनाई छ । उनले एसईई उत्तीर्णपछि इन्ट्रान्स समेत दिनुनपर्ने जानकारी दिएका छन् ।
स्थापनाको १२ बर्षपछि सम्बन्धन पाएर इञ्जीनियरिङको पढाई शुरू गरेको पाथीभरा ईञ्जिनियरिङ कलेजले यस वर्षदेखी सिटीईभिटीबाट सम्बन्धन प्राप्त ओभरसियर पढाई शुरू गर्न लागेको उनको भनाई छ । यो स्वरोजगारमुलक शिक्षा भएकाले यसको अध्ययन गर्दागर्दै रोजगारको ग्यारेन्टी हुने भएकाले अहिले विद्यार्थीको आकर्षण समेत बढेको उनले बताए ।
पूर्वमा निजी क्षेत्रमा पाथीभरा ईञ्जिनियरिङ कलेजले मात्र सिटीईभिटीबाट सम्बन्धन प्राप्त ओभरसियर पढाई शुरू गरेको पाथीभरा ईञ्जीनियरिङ कलेजका सिइओ अनुप पराजुलीले बताए । भर्ना शुल्क पनि सस्तो र छात्रवृत्ति समेत प्रदान गरिने भएकाले यसमा झापाका विद्यार्थीलाई विशेष प्राथमिकता दिएर पठनपाठन गरिने जनाइएको छ ।
प्राविधि शिक्षामा विद्यार्थीहरुको भविष्य सुरक्षित हुने र विदेश जानेहरुका लागि झनै महत्वपूर्ण हुने भएकाले अभिभावकहरुले समेत ध्यान दिनुपर्ने पराजुलीको धारणा छ । कलेजको सिट संख्या ४८ जना रहेकोले समयमै विद्यार्थी भर्नाका लागि आव्हान समेत गरिएको छ । अन्य विषय अध्ययन गरेर भन्दा प्राविधिक शिक्षामा जीवनको सुरक्षा हुने उनको भनाई छ । १ लाख ८० हजार रुपैयाँमा ३ वर्षे कोर्ष अध्ययनका लागि कलेजले थप सुविधाहरुको समेत प्रवन्ध मिलाइएको छ । कलेजले अभ्यासका लागि आवश्यक सबै प्रकारका प्रविधिहरुको समेत खरिद गरेको जानकारी दिइएको छ ।