असार ८, २०८२ आईतबार

बिएण्डसीमा अवकास प्राप्त भारतीय सैनिक परिवारले उपचार सेवा पाउने

बिर्तामोड । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालले अवकास प्राप्त भारतीय सैनिक र उनीहरुको परिवारको लागि उपचार सेवा सुरु गरेको छ । पूर्व सैनिकहरु यो सेवा सुरु नहुँदा भारतका विभिन्न अस्पतालहरु र धरानसम्म धाउनुपर्ने बाध्यता थियो ।

पूर्व सैनिकहरुको योगदानलाई आधार मानेर बिएण्डसीले स्वास्थ्य उपचार सेवा सुरु गरेको सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । बिएण्डसीमा उपचारका लागि आउने सैनिक परिवारले धरानबाट रेफर कार्ड वा इलाम, पाँचथर र ताप्लेजुङमा रहेको मोवाइल सेन्टरबाट रेफर ल्याउनुपर्ने छ ।

सूचना अधिकारी गिरीले पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसीमा उपचारका लागि आउने सैनिक परिवारले गुणस्तरीय स्वास्थ्य उपचार सेवा पाउने जानकारी दिए । यहाँ आउने विरामीहरुले उपचारका लागि बाहिर जानु नपर्ने बताउदै एकै छातामुनी सम्पूर्ण स्वास्थ्य उपचार सेवा पाइने गिरीको भनाई छ ।

गिरीका अनुसार पूर्व सैनिक र परिवारका ७० वर्षमाथिका विरामीहरुका लागि रेफर आवश्यक पर्दैन, ओपिडी र एमरजेन्सीका लागि सधैं खुल्ला रहेको छ ।

प्रकाशित मिति : असार ८, २०८२ आईतबार  ७ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]