असार ८, २०८२ आईतबार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा इलाममा दुई जनाको मृत्यु

इलाम – इलाममा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । आज दिउँसो ४:१० बजे इलाम रोङ गाउँपालिका–३ पाथले डाँडास्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ८९ प २२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक बझाङ बित्थडचिर गाउँपालिका(१ बस्ने २६ वर्षीय मदनबहादुर बोहरा र पछाडि सवार जाजरकोट छेडागाडा नगरपालिका–८ बस्ने २३ वर्षीया सिर्जना गिरीको मृत्यु भएको हो । घाइतेहरूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पतालका डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दुवैको शव सोही अस्पतालमा रहेको छ ।

दुर्घटनापछि ट्रक र ट्रक चालक पाँचथर कुम्मायक गाउँपालिका ९ बस्ने ३३ वर्षीय नितेश बुढाथोकीलाई नियन्त्रणमा लिई प्रहरी चौकी फिक्कलमा राखिएको छ।

प्रकाशित मिति : असार ८, २०८२ आईतबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]