असार ९, २०८२ सोमबार

लम्पी स्कीनको प्रकोपबाट बिर्तामोडमा ५ वटा चौपाया मरे

बिर्तामोड । दुई वर्षअघि महामारीकै रुप लिएर नियन्त्रणमा आएको लम्पी स्कीनबाट यस वर्ष झापाको बिर्तामोडमा पाँचवटा चौपाया मरेका छन् ।

बिगत दुई सातादेखि देखा परेको लम्पी स्कीन रोगबाट बिर्तामोड वडा नं ६ मा दुईवटा तथा वडा नं ५ , ७ र ९ मा एक–एक वटा चौपाया मरेका हुन् । बिर्तामोड नगरपालिका–७ का ऋषिराज पौडेलको घरमा रहेको करिब पाँच महिनाको बहर लम्की स्कीन रोग लागेर मरेको जनाइएको छ ।

लम्पी स्कीनविरुद्धको खोप लगाउँदै हिडेका प्राविधिकहरुले सो तथ्यांक संकलन गरेका हुन् । उनीहरुका अनुसार बिर्तामोडका पाँच सयभन्दा बढी चौपाया संक्रमित भएका छन् । टोल टोलमा लम्पी स्कीनको संक्रमण देखिएको छ । यसले प्रकोपको रुप लिन थालेपछि बिर्तामोडमा लम्पी स्कीनविरुद्धको खोप लगाउन थालिएको छ ।

नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख डा। नगेन्द्र खड्काका अनुसार बिर्तामोडको ६ , ७ र ९ नं वडामा खोप लगाइसकिएको छ । बिर्तामोडमा करिव १५ हजारको संख्यामा पशु चौपाया रहेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : असार ९, २०८२ सोमबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]