श्रेयांश चौधरीले जिते सुपर लिटल प्रिन्स–२०२५ को उपाधि
बिर्तामोड । झापा बिर्तामोडका ९ वर्षीय श्रेयांश चौधरीले सुपर लिटल प्रिन्स २०२५ को उपाधि जितेका छन् । हालै बिर्तामोडमा सम्पन्न भएको सुपर लिटल प्रिन्स २०२५ को प्रतिष्पर्धामा १५ जनालाई पछि पार्दै उपाधि जित्न सफल भएका हुन् ।
बिर्तामोडस्थित लिटल फ्लावर्स अंग्रेजी बोर्डिङ स्कुलमा अध्ययनरत चौधरीले मिस्टर स्मार्ट, बेस्ट पर्सानालिटी, भ्युवर चोइजको टाइटल समेत जितेका थिए । उनले उपाधि जितेसँगै नगद ३ लाख बराबरको छात्रवृत्ति, १ थान स्मार्ट फोन र मेडलहरु प्राप्त गर्न सफल भएको उनका बुबा अजय चौधरीले जानकारी दिए ।
पिसीएस प्रोडक्सन हाउसले उक्त कार्यक्रमको आयोजना गरेका हो ।