असार १०, २०८२ मंगलबार

एसीसी क्रिकेटः नेपाल जापानसँग भिडदै

काठमाडौं, १० असार । एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा नेपालले आज जापानसँग खेल्दैछ।

लगातार दोस्रो जितको लक्ष्यमा रहेको नेपालले  आज जापानसँग मैदानमा उत्रिन लागेको हो । सो खेल मलेसियाको कोजल टुन्कु जाफर ओभलमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ।

नेपाल र जापानले आफ्नो दोस्रो खेल खेल्दैछन्। नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो भने जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरमा हराएको थियो।

विपिन प्रसाद शर्माको कप्तानीमा रहेको नेपाल प्रसिद्ध जैसी, रौनक श्रीवास्तव, सचिन भट्ट जस्ता खेलाडीका साथ मैदानमा हुनेछन् ।

प्रकाशित मिति : असार १०, २०८२ मंगलबार  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]