असार ११, २०८२ बुधबार

शिक्षा सेवी प्रसाईको स्मृतिमा व्यवसायी सदस्य राहत कोषमा सहयोग

बिर्तामोड– ५ मा रहेको न्यूटन्स एजुकेशन एकाडेमी र एभरेष्ट स्मार्ट स्कूलका संस्थापक प्रिन्सिपलका रुपमा रहेका प्रसाईको तीन वर्ष अघि निधन भएको थियो ।

 उनको स्मृतिमा विद्यालयका तर्फबाट बिर्तामोड उद्योग वााणिज्य संघले स्थापना गरेको ‘व्यावसायी सदस्य राहत कोष’का लागि बुधवार विद्यालयका प्रिन्सिपल देवेन्द्र हुँमागाईले ५१ हजार रुपैयाँ गरे ।

बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रमका बीच प्रिन्सिपल हुँमागाईले संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गर्दै संघले अत्यान्त राम्रो काम गरेको र आगामी दिनमा समेत बिर्तामोड उद्योग वााणिज्य संघसंग न्यूटन्स स्कूल सहकार्य गर्न तयार रहेको बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कोषका संयोजक राज कुमार घिमिरे ‘राजु’ , उपाध्यक्षद्वय जीवन खड्का, विशाल थापा सहित संघका पदाधिकारीको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालयका पिन्सिपल हुँमागाई सहित विदालयका प्लसटु कोअडिनेटर केवल सापकोटा, सह इन्चिार्ज (प्रावि सेक्सन)अनिल राई, वालक्लव संयोजक नेत्रप्रसाद निरौला, को अडिनेटर (प्रि प्राइमरी) सावित्रा चापागाँई,लजिस्टिक अफिसर केशव पोखरेल, लेखा शाखाका कर्मचारी वविना भट्टराई , स्वास्थ्य शाखा इञ्चार्ज सुनिता लिम्बूको उपस्थिति रहेको थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले संचालन गरेको कार्यक्रममा संघले स्थापना गरेको एक करोड रुपैयाँको व्यवसायी सदस्य राहत कोष वृद्धिका लागि सहयोग पु¥याएको भन्दै विद्यालयलाई कदर पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : असार ११, २०८२ बुधबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]