शिवसताक्षीमा कृत्रिम बौद्धिकता (एआई) तालिम
शिवसताक्षी । झापाको शिवसताक्षीमा कृत्रिम बौद्धिकता (एआई) तालिम सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिकाको आयोजना तथा शिवसताक्षी मिडिया प्रा.लि.को समन्वयमा शिवसताक्षीको दूधे एक दिवसीय कृत्रिम बौद्धिमता तालिम सम्पन्न भएको हो ।
शिवसताक्षी नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन कम्प्युटर शिक्षकहरुलाई तालिम प्रदान गरिएको थियो । तालिमको उद्घाटन गर्दैै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले प्रविधिको विकासँगै आएका सुविधाहरु प्रयोग गरेर आफुलाई दक्ष बनाउन सहभागी शिक्षकहरुलाई आग्रह गर्नुभयो । उहाँले शिक्षकहरु अब अनिवार्य रुपमा डिजिटल युगसँग अनिवार्य जोडिनु पर्नेमा जोड दिनुभयो ।
त्यस्त शिवसताक्षी नगरपालिकाकी प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले तालिमबाट सिकेको ज्ञानले शिक्षकहरुलाई शिक्षण पेशामा भरपुर सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भयो । नयाँ प्रविधिलाई अवलम्बन गर्दै आफ्नो पेशा प्रति उर्जाशिल भएर अध्यापन गराउनु हुन उहाँले आग्रह गर्नुभयो ।
तालिमका प्रशिक्षक उमाकान्त खनालले विश्वमा पछिल्लो समय विकशित हुँदै आएको कृति बौद्धिकताको विषयमा चर्चा गर्नुभयो । तालिमका सहभागीहरुको तर्फबाट शिक्षक भवानी प्रसाद थापा, मदनमोहन अधिकारी, शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकालले तालिमको अनुभव सुनाउनु भएको थियो । तालिम विहान ११ बजेदेखि ४ बजेसम्म सञ्चालन भएको थियो भने, तालिममा ४० जना शिक्षकहरुको सहभागिता रहेको थियो । वडा सदस्य प्रेम भुजेलको अध्यक्षतामा भएको तालिमको सञ्चालन शिवसताक्षी मिडिया प्रा.लि.का सञ्चालक सरोज भट्टराईले गर्नु भएको थियो ।