असार १६, २०८२ सोमबार

सिम्रिक सहकारीद्वारा विरामी सदस्यको कर्जा मिनाह

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडले विरामी शेयर सदस्यको कर्जा मिनाह गरेको छ । ब्रेन स्ट्रोकका कारण प्यारालाईसेस भएको हुँदा सिम्रिकले सेवा केन्द्र चारआलीको शेयर सदस्य मेचीनगर ९ निवासी तारा विर विश्वकर्माको कर्जा मिनाह गरेको हो ।

सिम्रिकका आइटी अधिकृत विजय पाण्डेका अनुसार विरामी शेयर सदस्यले कुनै किसिमको कार्य गर्न नसक्ने भएको हुँदा कर्जा मिनाह गरिएको हो ।

मेचीनगर ९ का वडाध्यक्ष कन्चन तामाङ्गको उपस्थितिमा विश्वकर्माको २ लाख ५ सय ५४ रुपैयाँ मिनाह गरिएको पाण्डेले जानकारी दिएका हुन् । कर्जा मिनाहका लागि संस्थाको तर्फबाट जनसम्पर्क अधिकारी प्रेम बस्नेत, आई.टी. अधिकृत विजय पाण्डे, चारआली सेवा केन्द्र प्रमुख रेशिका आचार्य र धुलाबारी सेवा केन्द्रकी अन्जु प्रधानको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : असार १६, २०८२ सोमबार  ५ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]