असार १६, २०८२ सोमबार

बालमैत्री वडा घोषणा गर्न दावी गरिएको दमकमा अनुगमन

दमक । वडालाई बालमैत्री घोषणा गर्न योग्य रहेको दावी गरिएको झापाको दमकका दुई वडाको जिल्ला समन्वय समिति झापाको टोलीले अनुगमन गरेको छ । अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला समन्वय समिति झापाको टोलीले आइतवार दमक वडान. १ र वडा नं.२ को अनुगमन गरिएको हो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, उपप्रमुख शान्ता रोक्का, जि.स.स.का शाखा अधिकृत बिक्रम लिम्वू, जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत चुडामणी आपागाई, स्वास्थ्य कार्यालय झापाका प्रतिनिधि बाल कृष्ण गौतम, जिल्ला प्रहरी कार्यालय झापाका प्रतिनिधि प्रहरी निरिक्षक लक बहादुर श्रेष्ठ,नेपाल पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य मन कुमार गदाल र जिल्ला बाल सञ्जाल झापाका सदस्य स्मिका पोखरेल लगायतको टोलीले स्थलगत अवलोकन साथै सरोकारवालासँग छलफल पनि गरेको छ ।

दमक वडा नं.१ को वडा कार्यालय, कार्यालय परिसरमा रहेको महिला, पुरुष शौचालय, स्तनपान कक्ष लगायतका संरचना र बालमैत्री उन्मुख वडाको सुचक प्राप्तीको विषयमा अनुगमन टोलीले राखेको जिज्ञासाको जवाफ दमक १ नं.वडा कार्यालयका वडा अध्यक्ष हरि प्रसाद न्यौपानेले दिनुभएको थियो ।

जिल्ला समन्वयको प्रमुख विश्वनाथ बराल नेतृत्वको टोलीले सोही वडामा रहेको भृकुटी माध्यमिक विधालयको छात्र,छात्राको अलग–अलग शौचालय, कक्षा कोठा, खानेपानीको धारा आदि संरचना, बालबालिका, अपाङता मैत्री भए नभएको अवलोकन गरेको जिल्ला समन्वय समितिका अधिकृत विक्रम लिम्वूले बताउनुभयो । अवलोकन पछि भृकुटी विधालयमा भएको छलफलमा अनुगमन टोलीका सदस्यहरु अधिकृत लिम्वू,आपागाई लगायतले राखेको प्रश्नको उत्तर विधालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद न्यौपानेले दिनुभयो ।

फरक क्षमताका विधार्थीको अध्यापन कसरी भइरहेछ भन्ने प्रश्नमा प्रधानध्यापक लक्ष्मी र शिक्षक, कर्मचारीले पढाउन अनि उनीहरुलाई सहयोग गर्ने गरेको छलफलमा सहभागी वडा नं. १ का वडासचिव प्रेम कुमारी चम्लागाईले जानकारी दिनु भयो । वडा नं. १ ले ८६ दशमलव २७ प्रतिशत पुरा गरेको दावी रहेको सचिव चम्लागाईले बताउनु भयो ।

दमक वडा नं.२ को कार्यालय भवन, महिला, पुरुष शौचालय,स्तनपान कक्ष, खानेपानीको धारा लगायतका संरचनाको अवलोकन गरेको दमक नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारीले जानकारी दिनु भयो ।

अनुगमन पछिको छलफलमा अनुगमन टोलीका सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिदै दमक २ का वडा सदस्य तथा फोकल पर्सन ललित विश्वकर्माले वडाभित्र बाल मैत्री वडाको सुचक प्राप्तिको तयारीको चरण,पूर्व तयारीको चरण,निति तथा योजना तर्जुमा र कार्यन्वयनको चरण, अनुगमन मूल्याङन र प्रतिवेदन चरण तथा बालमैत्री स्थानिय तह घोषणा र दिगोपनाका ५ चरण पुरा गरेको बताउनु भयो । ९२ दशमलव ३ प्रतिशत पुरा गरेको दावी वडा सदस्य विश्वकर्माको रहेको छ ।

टोल–टोलमा पुगेर सुचक प्राप्तीको लागि काम गतिविधि गरेको बताउनु भयो । वडावासीको हुने सम्मका काम गर्ने गरेको बताउदै वडा अध्यक्ष म आफै सुचक बसेर पनि जन्मदर्ता गरि दिएको बताउनु भयो ।

अनुगमन टोलीले दमक २का वडासचिव अस्मिता खनाल,पाथिभारा टोल विकास संस्थाका अध्यक्ष टंक गौतम र स्थानीय अगुवा नेत्र प्रसाद दाहाल, आधारभूत स्वास्थ्य केन्द्रकी प्रमुख मेलिना नेपाललाई वडाले बालमैत्री वडा घोषणा गर्न सुचकहरु प्राप्तीका लागि के कस्तो गतिविधि गरेको थियो भनी राखेको प्रश्नको उत्तर दिनु भएको थियो ।

अनुगमन गर्ने निकाय जिल्ला समन्वय समिति झापाको प्रमुख बरालको अध्यक्षतामा केही साताभित्र बस्ने बैठकले वालमैत्री वडा घोषणाको दावी गरिएको सूचक र स्थलगत अनुगमन सबैलाई अध्ययन गरी दमक वडा नं. १ र वडा नं. २ लाई अनुमति दिने नदिने निर्णय गर्ने अधिकृत लिम्वूले बताउनु भयो ।

दमक नगरपालिकाले आयोजना गरेको बाल मैत्री उन्मुख वडाको सुचक प्राप्तीको अनुगमन वडा नं. १ र वडा नं. २ विषयमा आयोजित कार्यक्रममा नगर उपप्रमुख रेगिना भटराईले बालमैत्री वडा घोषणा गर्न सबैले आ–आफनो ठाउँवाट सहयोग गर्न आग्रह गर्नुभयो ।

बालमैत्री उन्मुख वडाको सुचक प्राप्तीको अनुगमन वडा नं. १ र वडा नं. २ दावी सहितको प्रस्तुति दिपीनी आधारभूत विधालय दमक ५ का प्रधानध्यापक शेष कुमार निरौलाले प्रस्तुत गर्नु भएको थियो । जिल्ला समन्वय समिति प्रमुख बराल, उपप्रमुख रोक्काले बालमैत्री वडा घोषणाले मानव समाज विकासको लागि महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिनु भएको थियो । सेवा प्रवाहका ३६ सुचक र संस्थागत १५ सुचक पुरा गर्नुपर्ने हुन्छ । यसअघि दमकको ५ नं. वडाले आफनो वडालाई बाल मैत्री घोषण गरि सकेको छ ।

प्रकाशित मिति : असार १६, २०८२ सोमबार  ६ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]