असार १६, २०८२ सोमबार

दमक अस्पतालमा लायन्स आई.सी.यू.सेन्टरको शुभारम्भ

मनकुमार गदाल

दमक । विरामीको मागलाई ध्यानमा राखेर झापाको दमकमा लायन्स क्लव र दमक नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको लायन्स आई.सी.यू.सेन्टरको शुभारम्भ गरिएको छ ।

दमक नगरपालिकाको ५१ लाख रुपैयाँसहित लायन्स क्लवको करिव २ करोड ५० लाखको लगानीमा निर्माण गरिएको लायन्स आई.सी.यू.सेन्टरको शुभारम्भ गरिएको हो । दमक नगर पालिका, लायन्स क्लव अन्तराष्ट्रिय फाउण्डेसन तथा स्थानीय लायन्स क्लबको संयुक्त लगानीमा दमक अस्पतालमा ६ शैयाको आई.सी.यू. सेन्टर स्थापना गरिएको छ । उक्त लायन्स आई.सी.यू.को लायन्स क्लवका अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ सीका डाइरेक्टर बालकृष्ण बुर्लाकोटी र दमक नगरपालिकाको प्रमुख राम थापाले आज शिला पत्रको अनावरण गरी शुभारम्भ गर्नु भएको थियो ।

लायन्स आई.सी.यू.सेन्टरको शिलापत्र अनावरणपछि बोल्दै लायन्स क्लवका अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ सीका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले जहाँ आवश्यकता त्यहाँ लायन्स रहेको हँुदा यो मानवीय सेवाको कार्यमा लायन्सकर्मी सहित सबैलाई सहकार्य र सहयोग गर्न आग्रह गर्नुभयो ।

लायन्स क्लव डिष्ट्रिक ३२५ का गर्भनर तथा कार्यक्रमका अध्यक्ष विकास अधिकारीले अब जटिल रोगी विरामीहरुले अन्यत्र जानुपर्ने बाध्यता हटेको बताउनुभयो । लायन्सकर्मीहरुको अनुदानले धेरै मानिसहरुको उपचारमा सहयोग पुग्ने गर्भनर अधिकारीले बताउनुभयो ।

३ भेन्टीलेटर सहितको आई.सी.यू.निर्माण भएको दमक अस्पतालका सूचना अधिकारी तथा डाक्टर अनुपम घिमिरेले बताउनु भयो । नगर प्रमुख थापाले नगरवासीको मागलाई सम्वोधन गर्न निरन्तर लागि परेको बताउनु भएको छ । ७ महिनाभित्र सिटी स्क्यान मेशीन र डाइलोसिस मेशीन ल्याएर नगरवासीलाई सेवा दिने घोषण गर्नु भयो । नगर उपप्रमुख रेगिना भटराईले सहयोगी लायन्सकर्मीलाई धन्यवाद दिनुभएको छ ।

दमक नगर पालिका, लायन्स क्लव अन्तराष्ट्रिय फाउण्डेसन तथा स्थानीय लायन्स क्लबको संयुक्त परियोजनाको प्रमुख तथा लायन्स क्लव डिष्टिक ३२५का सहायक गर्भनर बबरजंग थापाले लायन्स आई.सी.यू.सेन्टर लगानीको विषयमा जानकारी दिनु भएको थियो ।

कार्यक्रममा आई.सी.यू.सेन्टर निर्माणका लागि सहयोग गर्ने स्थानिय लायन्स क्लवहरु, लायन्स क्लव अफ दमक, लायन्स क्लव अफ दमक, माउण्ड एभरेष्ट, लायन्स क्लव अफ दमक, श्रीअन्तु र लायन्स क्लव अफ दमक रतुवा लगायतका लायन्सकर्मीहरुलाई सम्मानपत्र द्धारा सम्मान गरिएको सहायक गर्भनर थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : असार १६, २०८२ सोमबार  ७ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]