असार १६, २०८२ सोमबार

आँप मेलामा रु १० लाखभन्दा बढीको कारोबार

महेन्द्रनगर(धनुषा), १६ असारः धनुषामा दुई दिवसीय आँप मेला आज सम्पन्न भएको छ ।
यहाँको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा स्थानीय आँपको  प्रवद्र्धन, बजारीकरण तथा पर्यटन विकास गर्ने उद्देश्यले ‘चित्रपुर आँप मेला महोत्सव–२०८२’ आयोजना गरिएको थियो । दुई दिनमा करिब २० हजारभन्दा बढी मानिसले अवलोकन गर्नुभएको र रु १० लाखभन्दा बढी कारोबार भएको चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डका संयोजक प्रदीप महतोले जानकारी दिनुभयो ।
‘मधेसको मिठास, चित्रपुरको आँप’ भन्ने नारासहित आयोजित मेलामा ४० भन्दाबढी जातका आँपहरू तथा आँपबाट बनेका विभिन्न परिकार प्रदर्शन गरिएका थिए ।
महोत्सवमा विद्यालयका विद्यार्थीका लागि विभिन्न जातका आँप चिनाउने, आँपसँग सम्बन्धित ज्ञानमूलक कार्यक्रम, कृषिविज्ञसँग अन्तरक्रिया तथा सांस्कृतिक प्रस्तुतीसमेत गएिका थिए ।
यसअघि मेलाको उद्घाटन मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले गर्नुभएको थियो । मेलामा विभिन्न थरिका आँप, अचार, अमोट, आमिल, जुस प्रदर्शनसँगै विक्रीवितरणसमेत गरिएको बोर्डका सदस्य फुलगेन महतो मगहीले जानकारी दिनुभयो ।
तीन सय विघाहभन्दा बढी क्षेत्रफलमा फैलिएको चित्रपुर आँप  बगैँचामा गत वर्षदेखि किसान मिलेर आँपको प्रवद्र्धनसँगै बजारीकरणका लागि मेला आयोजना गर्दै आएका छन् ।

प्रकाशित मिति : असार १६, २०८२ सोमबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]