असार १७, २०८२ मंगलबार

मेचीनगरको आगामी बजेटमा मजदुरका लागि ‘बीमा कार्यक्रम’

मेचीनगर, १७ असार । मेचीनगर नगरपालिकाले चिया बगान तथा अन्य क्षेत्रका श्रमिकहरुका लागि ‘बीमा कार्यक्रम’ ल्याएको छ ।

मेचीनगर नगरपालिकाले यही असार १२ गते सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रमसहितको बजेटमा चिया बगान र अन्य क्षेत्रका श्रमिकहरुका लागि स्वास्थ्य ‘बीमा कार्यक्रम’ ल्याएको हो ।
नगरपालिकाले चिया बगान तथा अन्य क्षेत्रका मजदुरका लागि २५ लाख रुपैयाँ बजेट समेत छुट्टाएको छ ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बगान तथा विभिन्न क्षेत्रमा दिनभरि मजदुरी गरेर जीवीकोपार्जन गर्ने परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको बताए ।

प्रकाशित मिति : असार १७, २०८२ मंगलबार  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]