असार १७, २०८२ मंगलबार

तिम्ल्याहाले घरमै पाए नागरिकता

झापा, १७ असारः विर्तामोड नगरपालिका–५ मा बहुअपाङ्गता भएका तिम्ल्याहा दिदीबहिनीले घरमै नागरिकता र अपाङ्गताको प्रमाणपत्र प्राप्त गरेका छन् । नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले उहाँहरुलाई घरमै पुगेर अपाङ्गतासम्बन्धी ‘क’ वर्गको रातो कार्ड प्रदान गरिएको बताउनुभयो ।
तिम्ल्याहा दिदीबहिनी १७ वर्षीया आकृति लिम्बु, इक्सा लिम्बु र इन्तुसा लिम्बुले घरमै उक्त सेवा पाउनुभएको हो । उहाँहरुमध्ये इन्तुसा ओछ्यानबाट आफैँ उठ्नसमेत नसक्ने अवस्थामा रहनुभएको छ ।
आमा मनकुमारी शेर्माले आफ्ना चार छोरी रहेका र उहाँहरुको  आफैँले स्याहार सुसार गरिरहेको बताउनुभयो । “एकै पटक तीन सन्तान जन्मिदा खुशीको सीमा थिएन,” उहाँ भन्नुहुन्छ, “तर के गनु, दुई छोरी उठ्न बस्न सक्छन्, एउटी सधैँभरी ओछ्यानमै हुन्छिन् ।”
रातो कार्ड कार्ड प्राप्त गरेसँगै उहाँहरुले सरकारले प्रदान गर्दै आएको ‘क’ वर्गको अपाङ्गता भत्तासमेत पाउने नगरउपप्रमुख सङ्ग्रौलाले बताउनुभयो । उहाँले तीनैजनाको उपचारसमेतमा सहयोग गर्ने बताउनुभयो ।

प्रकाशित मिति : असार १७, २०८२ मंगलबार  ५ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]