शिखरको असारभित्र ऋण चुक्ता नगरे कानुनी तथा सामाजिक कारवाही गर्ने चेतावनी
बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित शिखर बचत तथा ऋण सहकारीले ऋणीहरुलाई कानुनी कारबाहीको चेतावनी दिएको छ । ऋणीहरुलाई असार मसान्तभित्र ऋण चुक्ता गर्न आग्रह गर्दै संस्थाले चुक्ता नगरेको खण्डमा कारबाहीको चेतावनी दिएको हो ।
आज एक सूचना जारी गर्दै असार मसान्तसम्म समय दिएको अध्यक्ष दिपेन्द्र राउतले जनाएका छन् । चुत्ता नगरेको खण्डमा बचतकर्ता सहित घर–घर, पसल–पसल आएर कानुनी तथा सामाजिक कारवाही गर्न बाध्य हुनेछौ, सूचनामा भनिएको छ । गरामनी, बिर्तामोड र राजगढ सेवा केन्द्र मार्फत सम्पुर्ण ऋणिहरुको ऋण रकमसहित नाम सार्वजनिक गरिने बताइएको छ ।
बिर्तामोडमा राम्रैसँग सञ्चालन भइरहेको शिखर सहकारी केहि वर्ष यता कर्जा नउठ्दा समस्यामा परेको छ ।