एसईईमा ग्रेडेड हुने ग्यालेक्सीका विद्यार्थीहरुलाई सम्मान
बिर्तामोड । झापाको भद्रपुर – ९ मा रहेको ग्यालेक्सी अंग्रेजी स्कुलले एसईईमा ग्रेडेड हुने विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गर्दै शुक्रवार सम्मान गरेको छ । विद्यालयले उज्जवल भविष्यको कामना गर्दै विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
ग्यालेक्सीबाट एसईई परीक्षामा २३ जना विद्यार्थी सहभागी भएका थिए । भद्रपुर नगरकै उत्कृष्ट नतिजा ल्याउन सफल सो विद्यालयले ९२ प्रतिशत सफलता हासिल गरेको जनाइएको छ । ०६८ सालदेखि सुरु भएको विद्यालयमा हाल ७ सय भन्दा बढि विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
यस वर्षदेखि विद्यालयले कक्षा १२ सम्म पठनपाठन सुरु सोही कार्यक्रमबाट घोषणा गरिएको छ । ०८२ मा कक्षा ११ का लागि कम्प्युटर साइन्स र विजनेश स्टडिज पठनपाठन गर्ने बताइएको छ । त्यसका लागि प्लस टु कोअर्डिनेटरका रुपमा वेद प्रसाद घिमिरेलाई जिम्मेवारी तोकिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा प्लस टु कोअर्डिनेटर वेद प्रसाद घिमिरे, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले मन्तव्य राखेका थिए ।
गुणस्तरीय शिक्षा प्रदान गर्न सबै प्रकारका आवश्यक सामग्री, जनशक्ति र वातावरण तयार गरिएको सञ्चालक रोनक वंशलले जानकारी दिए ।