असार २२, २०८२ आईतबार

भारतबाट सात बालकको उद्धार

जनकपुर – भारतबाट सात बालकको उद्धार गरिएको छ । उनीहरुको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ ।

जनकपुरधामस्थित बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्रले मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादवको उपस्थितिमा भारतबाट उद्धार गरी नेपाल ल्याइएका बालकहरुलाई अभिभावकको जिम्मा लगाइएको हो ।

तीन महिना अघि भारतको चेन्नइमा काम गर्नका लागि जाने क्रममा भारत विहारको मुजफ्फरपुर रेल्वे स्टेशन पुगेका ती बालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सोही ठाउँको बाल कल्याण समितिको जिम्मा लगाएको थियो । उनीहरुलाई कानुनी प्रक्रिया पूरा गरेर उद्धार गरी शुक्रबार नेपाल ल्याइएको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र धनुषाका प्रदेश समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिनुभयो ।

भारतबाट उद्धार गरेर ल्याइएका बालकहरूमा सर्लाहीका तीन तथा महोत्तरीका चार रहेका छन् । उनीहरु कामको खोजीका क्रममा भारत पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निकिता मिश्रले बताउनुभयो ।

प्रकाशित मिति : असार २२, २०८२ आईतबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]