असार २२, २०८२ आईतबार

बिर्तामोडको तक्षशीला स्कुललाई अन्तर्राष्ट्रिय पुरस्कार

झापा । झापाको विर्तामोडमा रहेको तक्षशीला प्रोगेसिभ अंग्रेजी स्कुलले थाइल्यान्डको राजधानी बैंककमा हालै आयोजित विश्व स्कुल शिखर सम्मेलन २०२५ (वल्र्ड स्कुल समिट) मा दुई वटा अन्तर्राष्ट्रिय उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल भएको छ । नेपालबाट तक्षशिलाले मात्र उक्त पुरस्कार पाएको हो ।

शैक्षिक उत्कृष्टता, वालमैत्री र सक्षम नेतृत्व र कुशल व्यवस्थापन मार्फत रुपान्तरणकारी शिक्षामा पुर्याएको योगदानका लागि तक्षशीलाले गत शुक्रवार ती पुरस्कार प्राप्त गरेको जनाइएको छ । समग्र शिक्षामा उत्कृष्ट विद्यालय र मन्टेश्वरी शिक्षामा उत्कृष्ट विद्यालय विधामा तक्षशीलालाई पुरस्कृत गरिएको हो ।

ती पुरस्कारहरु स्कुलकी कार्यकारी निर्देशक डा। अञ्जलि प्रसाई र प्रबन्ध निर्देशक डा। निराजन प्रसाईलाई नेतृत्वकर्ताको रुपमा प्रदान गरिएको थियो । स्कुलका शैक्षिक निर्देशक भिक्टर इग्रेसियस जोसेफ र मन्टेश्वरी निर्देशक सीमा जोसेफले बैंककमा पुरस्कार ग्रहण गर्नु भएको थियो ।

प्रकाशित मिति : असार २२, २०८२ आईतबार  ६ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]