असार २२, २०८२ आईतबार

बिएण्डसीले विपन्न औषधि कार्यक्रम मार्फत मुटु रोगीलाई पनि सेवा दिने

बिर्तामोड । झापाको विएण्डसी हस्पिटलले विपन्नता नागरिक औषधि कार्यक्रम मार्फत मुटु रोगीहरुको उपचार सुरु गरेको छ । उक्त कार्यक्रम मार्फत अब विएण्डसीले मुटु रोगीहरुको १ लाख रुपैयाँ बराबरको निशुल्क उपचार गर्ने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

विएण्डसीले सो कार्यक्रम अन्तर्गरत मृगौला सम्बन्धी डाइलोसिस, हेड इन्जुरी, क्यान्सरको उपचार गर्दै आएको थियो । यसै कार्यक्रम मार्फत मुटु रोगीहरुको पनि उपचार सुरु भएको गिरीले जानकारी दिएका छन् । चारै प्रकारका स्वास्थ्य समस्यामा १÷१ लाख बराबरको उपचार सेवा अस्पतालले निशुल्क रुपमा उपलब्ध गराउने भएको छ । उपचार सेवा लिनका लागि स्थानीय तहबाट सिफारिस ल्याउनुपर्ने बताइएको छ ।

झापा जिल्लामा बढ्दो मुटु रोगीको चापलाई मध्यनजर गर्दै १ लाख रुपैयाँ बराबरको निशुल्क उपचार गर्ने जनाइएको छ । आर्थिक अभावका कारण मुटु रोगीहरु उपचारबाट बञ्चित नहुन् भन्ने उद्देश्यले सेवा सुरु गरिएको हो । अस्पतालले मासिक ६०-७० जना मुटु रोगीहरुको उपचार गर्दै आएको जनाएको छ । सँगसगैं स्किृनिङ समेत गरिरहेको उनको भनाई छ । अस्पतालले हर्ट फाउण्डेशनको सहकार्यमा पनि मुटु रोगीहरुको उपचार गर्दै आएको छ ।

पत्रकारहरुसँगको भेटमा डा. केशव न्यौपाने र डा. प्रितम गच्छदारले मुटु रोगीहरुको समस्याका बारेमा अस्पतालले गरिरहेको सेवा प्रवाहको बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : असार २२, २०८२ आईतबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]