जेष्ठ २, २०८१ बुधबार

जसले अर्बपतिलाई चुनावमा हराए !

बिर्तामोड । सानो घर, एउटा साइकल, एक सामान्य जीवनशैली अंगालेका नागरिक, साइकलमार्फत चुनाव प्रचार अनि चुनावपछि पनि उस्तै जीवनशैली ।


चुनावमा विपक्षीका अर्बपतिलाई भारी मतान्तरले पराजित गर्ने व्यक्ति पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्मा अटाएका छन् । मोदीको ५७ सदस्यीय मन्त्रिपरिषदमा उनले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । जसको चर्चा संसारभर हुन थालेको छ, किनकी अति सामान्य जीवनशैलीका उनका विभिन्न तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।


उनी हुन् भारतीय जनता पार्टीको तर्फबाट बाला सोर लोकसभा सीटमा विजयी भएका प्रताप चन्द्र सारङ्गी । जब उनले राज्य मन्त्री पदका लागि शपथ लिन मञ्चमा उपस्थित भए, तब सभाहल तालीको गड्गडाहटले भरियो । उनी ओडिशा राज्यका मोदीको रूपमा पनि चिनिन्छन् ।


सामान्य जीवनशैलीका सारङ्गीले बीजेडीका सांसद एवं अरबपती उम्मेद्वार रवीन्द्रकुमार जेनालाई भारी अन्तरले पराजित गरेका थिए । अटो रिक्सा मार्फत उनले ¥याली निकालेका थिए । भारतको खर्चिलो चुनावमा उनले पैसा खर्च नगरिकनै चुनाव जितेका हुन् ।


चुनावपछि पनि उनी झोला बोकेर उनी सामान्य नागरिक जस्तै सडकमा हिँड्छन् । सन् २००४ र सन् २००९ को चुनाव पनि उनले त्यसै गरी जितेका थिए । सानो घर, एउटा साइकल उनका साथी हुन् । सिधा अनलाइनले लेखेको छ – मोदी जस्तै सन्यासी जीवनशैलीका कारण उनी भारतमा मात्र नभएर अहिले संसारभर चर्चामा छन् ।

प्रकाशित मिति : जेष्ठ १८, २०७६ शनिबार  ९ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]