जेष्ठ १, २०८१ मंगलबार

कनकाई घाटमा शव पखाल्न चारदिन देखि पानीको अभाव

सुरुङा । कनकाई आर्यघाटमा चार दिनदेखि पानीको अभाव भएको छ । पानीको अभाव हुँदा शव पखाल्न समस्या भएको मृतकका परिवारले जानकारी दिएका छ्न ।

कनकाइ माइमा व्यवस्थित घाट बनाइए पनि घाट समितिले पानीको अभाव हुँदा भएको समस्या समाधानमा चासो नदिएको बताइएको छ । मलामीले पानीको व्यवस्थापन गर्न चासो नदिनु घाट समितिको लापरबाही भएको बताएका छ्न ।

कनकाइ नहरले नदिको पानी सिचाइका लागि निकाशी गर्न थालेपछी घाट तिर आउने पानी सुकेको छ । घाट समितिका अध्यक्ष प्रभाकर कडरियाले पानी सुकेपछी शव पखाल्न असुबिधा भएको जानकारी दिए । उनले चारदिन देखिको समस्या समाधान गर्न लागे पनि बिकल्प नभेट्टाएको प्रतिक्रिया दिए । अहिले शव पखाल्न मोटरको प्रयोग थालिएको छ । उनका अनुसार सिचाइसग समन्वय भइरहेको छ ।

मृतक परिवारले मोटरको पानीले शव पखाल्न असजिलो भएको बताएका छ्न । महत्त्वपूर्ण र संवेदनशिल ठाउँको समस्यामा समाधानमा लापरबाही भएको अधिकासको भनाइ छ ।

प्रकाशित मिति : जेष्ठ १८, २०७६ शनिबार  १२ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]