बैशाख १३, २०८१ बिहीबार

नेपाली मिडियामा राष्ट्रियता हुन्छ कि हुदैन ?

नारायण पोखरेल

प्रधानमन्त्री केपी शर्मा ओलीले केक काट्दा राष्ट्रियता माथिको प्रहार भन्ने मिडिया आज कहाँ छन् ?
सञ्चार माध्यमको प्रयोगबाट जनताले देश बिदेशका खबर आदानप्रदान गर्न पाउने देश बिदेशमा भएका घटना बारे जानकारी लिन दिन पाउने भएकाले सञ्चारको महत्व दिन प्रतिदिन बढदै छ । नेपाली समाजमा आज सञ्चारको सुबिधाका कारण देशका हरेक नागरिकले राज्य सञ्चालन र नीति निर्माण बारेमा राज्यले गरेका गतिविधि साथै देश बिकासका क्षेत्रमा जानकारी तत्कालै लिन पाएका छन् । मिडिया कै माध्यमबाट प्राप्त सूचनाका आधारमा नेपाली जनताले राम्रो कामको समर्थन र नराम्रो काम को बिरोध गरि राज्यलाई खबरदारी गर्ने परिपाटी विकास भइरहेको छ ।
तर आजको मिडिया कुन रुपले प्रयोग हुदैछ भन्ने सवाल अहिलेको महत्वपूर्ण सवाल हो ।

खासगरी अहिले हामी मिडियामा आएको खवरको आधारमा बिश्व भरी फैलिएको कोरोना भाइरसको बारेमा जानकारी लिदै बचेर कोरोनासँग लड्दै छौ । अहिलेको सन्दर्भमा किन नेपाली मिडिया आलोचनामा मात्र रमाउदै छ ? हो, हामीमा आलोचनात्मक चेत हुनुपर्छ । तर आलोचना कतिसम्म गर्ने ? आलोचना पात्रको गर्ने कि पद्धतिको भन्ने कुरा मुख्य हुन्छ । जहाँसम्म लाग्छ नेपाली मिडिया आज पात्र केन्द्रित भएका छन् । व्यक्तिको बिरोध गर्न कुनै व्यक्तिले नराम्रो काम गर्दा बिरोध गर्न हो । तर त्यही व्यक्तिले राम्रो काम गर्दा किन प्रशंसा गर्न डराउछ मिडिया ?


के बिरोधको निम्ति बिरोधी मात्र मिडियाको धर्म हो ? आज नेपाली समाजमा एउटा छुट्टै बहस सुरु भएको छ । किन डराएको मिडिया राष्ट्रियताको सवालमा ? आज नेपाल सरकारले हाम्रा पुर्खाको सौर्य बलिदान र अथक संघर्षको परिणाम हाम्रो देशको मिचिएको भूमि फिर्ता गर्ने प्रयास गर्दा किन मैन छन् नेपाली मिडिया ? हिजो प्रधानमन्त्रीले आफ्नो जन्म दिन मनाउदा केक काटेको विषयमा राष्ट्रियता खोज्ने हाम्रा मिडिया आज प्रधानमन्त्रीले नेपाली भूमि मिच्न कसैले सक्दैन भनेर भन्दा किन चर्चा गर्न डराएको ? सुगौली सन्धिपछि आजसम्म नेपाली भूमिमाथि भारतीय दादागिरी विरुद्ध खुलेर आधिकारिक रुपमा सरकार प्रमुखले बोल्न सकेका थिएनन् । तर आज प्रधानमन्त्री केपि ओली र उहाँले नेतृत्व गरेको सरकारले खुलेर बोल्नु मात्र हैन नेपाली भूमि लिपुलेक, लिम्पियाधुरार कालापानी समेटिएको नेपालको नक्सा सार्बजनिक गर्दा किन रमाएनन् राष्ट्रबादी मिडिया ? भारतको मिचाह प्रवृत्तिलाई प्रधानमन्त्री ओलीले भारतले राखेको एउटा चिन्हलाई व्याख्या गर्दै ‘सत्यमेव जयते भारतको प्रतिक चिन्हमा लेखेको छ तर म विश्वास गर्छु । हामी सबै नेपालीले सत्यमेव जयतेमा विश्वास गर्छौ । म भारतलाई सोध्नेवाला छु कि सत्यमेव जयते कि सिंहमेव जयते ?’ यसो भन्दै भारतलाई थर्काउने नेपालको पहिलो प्रधानमन्त्रीको साथमा किन छैन नेपाली मिडिया ?

प्रधानमन्त्रीले भारतीय दादागिरी र नेपाली सिमाको विषयमा यसरी बोल्दा र नेपाल सरकारले आफ्नो भूमि समेटी नेपालको नक्सा सार्वजनिक गर्दा उता भारतीय मिडियामा हल्चल मिच्चयो । भारतीय मिडिया नेपाली र नेपाल सरकारमाथि खनिएका छन् । भारतको भूमि समेटी नेपाल सरकारले नयाँ नक्सा सार्वजनिक गरेको भन्दै भारतीय मिडियाले हल्ला गर्दै गर्दा हाम्रा मिडिया खुलेर बोल्न सकेका छैनन् । राष्ट्रियताको सवालमा किन मिडिया खुलेर सरकारको साथमा उभिन सकेन ? के नेपाली मिडिया ऐतिहासिक कामको सकारात्मक रुपमा मिडियाबाजी गर्न सक्दैनन् ? आज यो प्रश्न खडा भएको छ ।

‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे’ आज हाम्रा मिडियाहरुले राष्ट्रियताको सवालमा कोहि पनि प्रतिपक्षी हुदैन । राष्ट्रिय अखण्डता र सीमा सुरक्षाको सवालमा वर्तमान सरकारले गरेको कदम उल्लेखनीय छ । यस कदममा हामी सबै नेपाली एक छौ र अब सिमानामा पर्खाल लाउन नेपाली तयार छन् भन्ने सन्देश बिश्वभर फैलाउन जरुरी छ । इतिहासमा कैले नहारेको नेपाल र नेपालीले हार्न जानेका छैनन् । नेपाल सरकारले आफ्नो भूमिसहितको नक्सा बनाएको हो । कसैसँग सोधपुछ गर्नु जरुरी छैन भन्ने सन्देश बिश्वभर फैलाउन नेपाली मिडियाले किन सकिरहेका छैनन् ? यसमा नेपाली मिडियाले भूमिका खेल्नुपर्छ । साथै नेपाली भूमि र खास गरि हाम्रो राष्ट्रियता माथि कसैलाई धावा बोल्न नदिने सरकार हामीसँग छ । अब सबै नेपाली एक भई नेपाल सरकारलाई सहयोग गरि हाम्रो भूमि फिर्ता ल्याउनुपर्छ भन्ने सन्देश सबै नेपालीमा पुर्याउन जरुरी छ । सबै नेपालीलाई सरकारको अभियानसँग जोड्न नेपाली मिडियाको भुमिका महत्वपूर्ण हुन सक्छ ।

लेखक : अनेरास्ववियूका नेता हुन् ।

प्रकाशित मिति : जेष्ठ १०, २०७७ शनिबार  ६ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]