जेष्ठ २, २०८१ बुधबार

पाँच सय बिद्यार्थीलाई ओली एसोसिएट्सको शैक्षिक परामर्श

बिर्तामोड । ओली एण्ड एसोसिएट्स बिर्तामोडले आयोजना गरेको शैक्षिक मेलामा करिब पाँच सय बिद्यार्थीले परामर्श लिएका छ्न ।

अध्ययनका लागि अष्ट्रेलिया जाने बिद्यार्थीलाई लक्षित गरि आयोजन गरिएको मेलामा विशेष परामर्श दिइएको ओली एण्ड एसोसिएट्स बिर्तामोडका हरिप्रसाद ओलीले जानकारी दिए । उनका अनुसार बिद्यार्थीलाई परामर्श अनिवार्य भएकाले मेला नै आयोजना गरिएको हो ।

शैक्षिक परामर्श मेलामा अष्ट्रेलियाका युनिभर्सिटीका बारे जानकारी गराइएको छ । नेपाल र नेपाल बाहिरका युनिभर्सिटीका प्रतिनिधिले सहभागी बिद्यार्थीलाई परामर्श दिएका छ्न ।

सोही कार्यक्रममा माछापुच्छ्रे,एभरेस्ट र एसबीआई बैंकले शैक्षिक कर्जा बारे सहजीकरण गरेका छन ।

शैक्षिक परामर्श मेलामा सीप बिकास सम्बन्धी जानकारी दिइएको ओली एण्ड एसोसिएट्स बिर्तामोडका प्रमुख अशोक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ १८, २०७६ शनिबार  २ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]