समाचार प्रभाव : आयो कनकाई घाटमा पानी
सुरुङा । कनकाई आर्यघाटमा चार दिनदेखि पानीको अभाव भएको पानी आएको छ । पानीको अभाव हुँदा शव पखाल्न समस्या भएको भइरहेको थियो ।
पानी अभाव बारे मृतकका परिवारले शव पखाल्न समस्या भएको बताएपछि आज बिहान इजलासले समाचार प्रकाशित गरेको थियो ।
कनकाइ माइमा व्यवस्थित घाट बनाइए पनि घाट समितिले पानीको अभाव हुँदा भइरहेको थियो । पानीको समस्या समाधानमा चासो नदिएको भनेपछी घाटका अध्यक्ष प्रभाकर कडारियाको आलोचना भएको थियो ।
बिहानको अवस्था
कनकाइ नहरले नदिको पानी सिचाइका लागि निकाशी गर्न थालेपछी घाट तिर आउने पानी सुक्न थलेको थियो ।
घाट समितिका अध्यक्ष प्रभाकर कडरियाले आजै दिउसो पानी खोलिएको जानकारी दिए । पानी आयो कडरियाले भने- अब शव पखाल्न सुबिधा हुनेछ ।
पानी नहुदा शव पखाल्न मोटरको प्रयोग गरिदै आएको थियो । मृतक परिवारले मोटरको पानीले शव पखाल्न असजिलो भएको बताए पछि पानीको लागि समितिले एक्सन लिएको छ ।