जेष्ठ ४, २०८१ शुक्रबार

न्युजिल्यान्डको जित

एजेन्सी । अघिल्लो पटकको विश्वकप उपविजेता न्युजिल्यान्डले विश्वकप क्रिकटको १२औँ संस्करण अन्तर्गतको खेलमा श्रीलंकामाथि विशाल अंकले जित निकालेको छ ।


न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले हराएको हो । कार्डिफको सोफिया गार्डेन्स मैदानमा शनिबार भएको आइसिसी विश्कवप क्रिकेटअन्तर्गको तेस्रो दिनको पहिलो खेलमा न्युजिल्यान्डलाई श्रीलंकाले १३७ रनको चुनौति प्रस्तुत गरेको छ ।

श्रीलंकाको उक्त चुनौति पछ्याएको न्युजिल्यान्डले १६.१ ओभरमा १३७ रन बनाएर हाँसिल गरेको थियो । टस जितेर न्युजिल्यान्डले श्रीलंकालाई पहिला ब्याटिङको निम्तो दिएको थियो ।

पहिला ब्याटिङ गरेको श्रीलंकाले २९.२ ओभर खेल्दै १३६ रन जोड्न सक्यो । न्युजिल्यान्डका लागि मार्टिन गप्टिलले ५१ बलमा ७३ रन बनाए भने कालिन मुनरोले ४६ बलमा ५८ रनको योगदान दिए ।
श्रीलंकाका लागि सर्वाधिक कप्तान दिमुथ करुणारत्नेले ५२ रनको योजदान दिए । त्यस्तै, उसका लागि कुसाल परेराले २९ रन जोड्दा थिसरा पेरेरलाले २७ रन जोडे भने अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

न्युजिल्यान्डका लागि मेट हेनरी र लुकी फर्गुसनले समान ३/३ विकेट लिए । त्यस्तै, उसका लागि सेन्टेनर, नीसम, ग्रान्डोमी, बोल्टले समान १/१ विकेट लिएका थिए । अहिले न्युजिल्यान्डले श्रीलंकाले दिएको चुनौती पछ्याउँदै ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : जेष्ठ १८, २०७६ शनिबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]