जेष्ठ ४, २०८१ शुक्रबार

प्रिमनसुनले दर्केझरी

झापा । पश्चिमी वायुको प्रभावले झापा सहित मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।एक्कासी पानी दर्किने, हावाहुरी आउने, एकैठाउँमा ठूलो पानी पर्ने, केहीबेरमा पानी रोकिने अवस्था देखा परेको छ । मौसमविद्हरुका अनुसार प्रिमनसुनको प्रभावले यस्तो देखिएको हो ।

पूर्वमा बनेको न्यून चापिय रेखा र प्रि–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । सामान्यतः प्रिमनसुनको समयमा अपराह्न र साँझपछि मौसम धुमिएर मेघगर्जन र हावाहुरीसहित वर्षा भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी भू–भागको केही स्थान र मध्य तथा पूर्वीका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ १९, २०७६ आईतबार  ९ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]