बैशाख ७, २०८१ शुक्रबार

सदनमा आक्रामक कांग्रेस

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाममा सरकार पूर्ण असफल भएको निष्कर्ष निकालेको प्रमुख प्रतिपक्षी कांग्रेसले संसद्बाट दबाब दिने रणनीति लिएको छ ।

लकडाउनका कारण सडकमा विरोध गर्न सम्भव नभएकाले सदनबाटै सरकारलाई कोरोना नियन्त्रणमा जवाफदेही बनाउने रणनीति कांग्रेसको छ । प्रमुख प्रतिपक्षीको भूमिकालाई लिएर आलोचना भइरहेका बेला उसले सदन अवरुद्ध गर्नेसम्मको तयारी गरेको हो ।

ljkIfLsf] k|Zg M sf7df8f}F, @& h]7 M k|ltlglw;efsf] dª\unaf/sf] a}7sdf sf]/f]gf /f]syfd / pkrf/ Jojl:yt gePsf] ljifodf ;/sf/nfO{ k|Zg ub{} g]kfnL sfFu|];sf ;f+;b uug yfkf . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

कांग्रेस सांसद गगनकुमार थापाले मंगलबार प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीको अहंकार र सरकारको अकर्मण्यता’ का कारण मुलुकमा कोरोना संक्रमणले भयावह रूप लिएको दाबी गरे। संसद् र बाहिरबाट निरन्तर खबरदारी गर्दा पनि सरकारले नसुनेको उनको गुनासो थियो ।

‘यो अवस्था त्यसै भएको होइन । यसको दोष कसको रु कानुनले गर्दा रोकेको हो रु ढुकुटीमा पैसा नभएर रोकिएको हो रु के कांग्रेसले रोकेको हो रु अदालतले रोकेको हो रु कसले रोकेको होरु ’, उनले भने, ‘यो रोकेको केवल सबैकुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले रोकेको हो । सरकारको अकर्मण्यताले रोकेको हो ।’

उनले नेपालबाहिर कोरोनाबाट १ सय २७ नेपाली र नेपालमा १४ जनाको मृत्यु भइसकेको उल्लेख गरे । लकडाउनका बीचमा आत्महत्या गरेका र अन्य कारणले ज्यान गुमाएका घटनाको जिम्मा कसले लिने भन्दै उनले प्रश्न गरे ।

‘भोकबाट मारिएका सूर्यबहादुर तामाङ, झुन्डिएर मरेका चन्द्रबहादुर परियार, औषधि खान नपाएर मरेकी गंगादेवी बोहरा वा सुत्केरी हुन नपाएर मरेकी लालकुमारी रोकायाको मृत्युको जिम्मा कसले लिन्छ रु’, उनले भने, ‘क्वारेन्टाइनमा मृत्यु भएकी सुनिता लोहारको मृत्युको जिम्मा कसले लिन्छ रु र, झुन्डिएर मर्न बाध्य भएका लीलाबल्व भण्डारी वा आत्मदाह गर्न बाध्य भएका सिद्धार्थ आउजीको मृत्युको जिम्मा कसले लिन्छ रु यी प्रतिनिधि घटना मात्रै हुन् । यस्तो धेरै देख्न बाँकी छ ।’

उनले माघ २१ गतेदेखि सदनमा कांग्रेसले उठाएको आवाज सम्झिरहेको उल्लेख गरे। ‘फागुन २३ गते सदनमा सार्वजनिक महत्वको प्रस्तावमाथि सम्झन्छौं । उच्चस्तरीय समन्वय समितिलाई बुझाएको प्रस्ताव सम्झन्छौं ।

कांग्रेसले मात्रै होइन, धेरैले सरकारलाई सुझाव दिए । सरकारलाई यो गर, यो गर भन्यौं’, उनले भने, ‘तर, सरकारले सुनेन । न कांग्रेसको सुन्यो, न अदालतको सुन्यो, न प्रेसको सुन्यो, न नागरिकको सुझाव सुन्यो । कसैको सुनेन । जसका कारण नियन्त्रणमा रहँदारहँदै पनि आज हाम्रो यो अवस्था बनेको छ ।’

सरकारले कोरोनालाई पार लगाउन नसक्ने सोमबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय उनले सुनाए । कांग्रेसले सरकारलाई जवाफदेही बनाउन प्रश्नसँगै उत्तर खोज्ने उनको भनाइ थियो । ‘हाम्रो कुराको सुनुवाइ भएन र जवाफमा चित्त बुझेन भने हामी जवाफ मागेर मात्रै अब बस्दैनौं ।

थपक्क बोलेर थपक्क बस्ने दिन अब गए’, उनले भने, ‘अब सरकारले कांग्रेसले उठाएका विषयमा जवाफ दिएपछि मात्रै सबै कुरा सुचारु हुने ठाउँसम्म पुगिन्छ। सरकारले सोचोस् । तयारी गरोस् । कांग्रेसले सरकारलाई सुतेर बस्न दिँदैन भन्ने सरकारले बुझोस् ।’

उनले कोरोना नियन्त्रणका लागि १० अर्ब रुपैयाँ खर्च भइसकेको सरकारको दाबीमा आशंका गरे । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले खर्च विवरण सार्वज्निक गर्न माग गरे । ‘पाँचवटा पीसीआर मेसिन र २५ हजार किट किनेर १० अर्बको हिसाबकिताब देखाउनु पर्दैन रु हामीलाई एक–एक कुराको हिसाबकिताब चाहिन्छ’, उनले भने, ‘राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने रु निर्लज्जताको पराकाष्ठा हो । हामीलाई हिसाब चाहिन्छ ।’

उनले क्वारेन्टाइनमा नागरिकले ज्यान गुमाउनुपरिरहेको प्रसंग निकाल्दै क्वारेन्टाइन मान्छे मार्ने ‘कन्सन्ट्रेसन क्याम्प रु ’ हो भन्दै प्रश्न गरे। उनले भारतबाट आउने नागरिकप्रति राज्यले गरेको विभेदप्रति असन्तुष्टि जनाए ।

पीसीआर परीक्षण न्यून हुनु, सुदूपश्चिममा स्वाब परीक्षण रोकिनु, हप्तांैैसम्म रिपोर्ट नआएर क्वारेन्टाइनमा छटपटाएर बस्नुपरेको, १४ दिन आइसोलेसनमा बसेर बिनापरीक्षण घर पठाउनेलगायतका निर्णयप्रति उनले आपत्ति जनाए ।

‘बरु सरकारले टेस्ट गर्नै बन्द गरिदिए हुन्छ । अनि नेपाललाई कोरोना फ्रि देश भनिदिने । परीक्षण नभएपछि संक्रमण एक जनाको पनि देखिन्न’, उनको आक्रोश थियो, ‘अब कांग्रेसलाई जवाफ चाहिन्छ । यसो गर्नलाई प्रधानमन्त्रीले भन्नुभएको हो रु स्वास्थ्यमन्त्रीले भन्नु भएको हो रु भोलि एक–दुई जना निर्धो कर्मचारीलाई सरुवा गरेर दोषबाट, अपराधबाट भाग्न पाइँदैन ।’

उनले आरडीटीको विश्वसनीयतामाथि सर्वत्र प्रश्न उठिरहेका बेला सरकारले जबरजस्ती परीक्षण गरिरहेको भन्दै विरोध जनाए । उनले संक्रमितको संख्या वृद्धिसँगै अस्पतालको तयारी, स्वास्थ्य सामग्रीको व्यवस्थापनलगायत विषयमा सरकारसँग जवाफ मागे ।

सरकारका निकायहरूको स्वार्थ बाझिँदा विदेशमा अलपत्र नेपालीको उद्धारमा ढिलाइ भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । गर्भवतीदेखि खोप पाउने बालिकासम्म, दीर्घ रोगीले औषधि नपाएको उनको भनाइ थियो । कृषक, मजदुर, साना उद्योगी, ठूला उद्योगी, व्यवसायीसम्मले राहत नपाएको प्रसंग निकाल्दै उनले प्रधानमन्त्रीको गीत र कविताले राहत नपाइने भन्दै कटाक्ष गरे ।

प्रकाशित मिति : जेष्ठ २८, २०७७ बुधबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]