बैशाख ११, २०८१ मंगलबार

अवैध काठसहित चालक नियन्त्रणमा

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले अवैध काठसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

आज विहान ६ बजे विशेष सूचनाको आधारमा प्रहरीले भद्रपुर ३ ज्ञानेचोकबाट ४७.४४ क्यु फिट अवैध काठसहित भद्रपुर २ का २२ वर्षीय चालक प्रकास विकलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सिसउ जातको १८ थान टुना र ट्याक्टर समेत नियन्त्रण लिइएको छ । अवैध काठ, ट्याक्टर र चालकलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय बुझाइएको छ ।

प्रकाशित मिति : जेष्ठ ३२, २०७७ आईतबार  ४ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]